प्रहरीले घाँटी समातेको भारतीय कंग्रेस नेतृ प्रियंकाको आरोप « Khabarhub

प्रहरीले घाँटी समातेको भारतीय कंग्रेस नेतृ प्रियंकाको आरोप


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छन् ।

भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हातपात गरेको आरोप लगाएकी हुन् ।

नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र सोही क्रममा महिला प्रहरीले आफ्नो घाँटी समातेको तथा हातपात गरेको उनको आरोप छ ।

यसबारे उत्तर प्रदेश प्रहरीले वक्तव्य जारी गरेर प्रियंका गान्धीको आरीप गलत भएको दाबी गरेको छ । प्रहरीले तय गरेको मार्गबाट नगएको र सुरक्षा चुनौतीका कारण बाटोमा रोकेको बाहेक अरु कुनै दुर्व्यवहार नभएको प्रहरीको दाबी छ ।

७६ वर्षका पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जानका लागि प्रियंका पहिला एक स्कूटरको पछाडि बसेकी थिइन् । त्यसपछि उनी पैदल हिँडेकी थिइन् । नागरिकता संशोधन कानूनको विरोध प्रदर्शनमा सहभागी भएका दारापुरी केही दिनअघि पक्राउ परेर रिहा भएका थिए ।

प्रियंका गान्धीले आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेकी छन्, जसमा उनी पैदल हिँड्दै गरेको देखिन्छ र साथमा कांग्रेस कार्यकर्ताहरु पनि छन् ।

उनले फेसबुकमा राखेको भिडियो यस्तो छ :

https://www.facebook.com/priyankagandhivadra/videos/516688618944316/

भिडियोसँगै उनले लेखेकी छन् ‘उत्तर प्रदेश प्रहरीको यो कस्तो हरकत हो ? हामीलाई कहिँ जान आउन पनि दिइएको छैन । म अवकास प्राप्त प्रहरी अधिकारी र अंबेडकरवादी सामाजिक कार्यकर्ता एस आर दारापुरीको घर जाँदै थिएँ । उत्तर प्रदेश प्रहरीले उनलाई एनआरसी र नागरिकता संशोधन कानूनको शान्तिपूर्ण विरोध गरेकोमा घरबाटै पक्राउ गरेको थियो ।’

उनले लेखेकी छन्‘मलाई बलपूर्वक रोकियो र महिला प्रहरी अधिकारीले मेरो घाँटी समातेर तानिन् । तर म अडिग रहेँ । म उत्तर प्रदेश प्रहरीको दमनको मारमा परेका हरेक नागरिकको साथमा छु । मेरो सत्याग्रह हो ।’

उनले भाजपा सरकारले कायरले जस्तै हरकत गरिरहेको पनि आरोप लगाएकी छ्न् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : ५७ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री