देशभर चिसो बढ्यो, आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस « Khabarhub

देशभर चिसो बढ्यो, आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले चिसो अझै बढ्न सक्ने अनुमान गर्दै चिसोबाट बच्न उचित सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज बिहानैदेखि चिसो हावा चलिरहेका कारण तुलनात्मक रुपमा बिहान बढी चिसो महशुस गरिएको महाशाखाले जनाएको छ ।

आज मौसमको कुनै पनि प्रणाली सक्रिय नभएका कारण देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार तराईंका जिल्लामा बिहान लागेको हुस्सु दिउँसो क्रमसः फाटेर जाने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक देशभरको मौसम आज सफा रहने छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ :
पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १४ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १५ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका अधिकांश भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ०७ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर