मुटु रोग परीक्षण शिविरमा १२०० बिरामीले लिए सेवा | Khabarhub Khabarhub

मुटु रोग परीक्षण शिविरमा १२०० बिरामीले लिए सेवा


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका १ हजार २०० बढीले सेवा लिएका छन् ।

रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा १ हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो । ५ सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो ।

शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ ।

जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । ‘मुटुसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरु यसबाट बढी लाभान्वित भएका छन्,’ प्रमुख केसीले भने ।

गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ । मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडाैंको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ४२ बजे

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

काठमाडौं– सरोकारवालाहरुले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय

यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म

काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सव

शेखरले सभापतिलाई सोधे– महाधिवेशन समयमै गर्न नसक्नुको कारण के हो ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर

केही वडाध्यक्षको ‘दोहोरो भूमिका’ले झन् लम्बियो काठमाडौं महानगरमा बजेटको अन्योल

काठमाडौं– देशका छमध्ये पाँचवटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा