सरकारले तानाशाही प्रवृति देखायो– राप्रपा संयुक्त « Khabarhub

सरकारले तानाशाही प्रवृति देखायो– राप्रपा संयुक्त


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सरकारद्वारा संवैधानिक अंगहरुलाई पंगु बनाउने काम भएको भन्दै विरोध जनाएको छ । संवैधानिक अंगलाई आफ्नो नियन्त्रणमा राख्ने खोजेर सरकारले तानाशाही नियत र प्रवृति देखाएको राप्रपा संयुक्तको आरोप छ ।

सम्पन्न उच्च कार्यसम्पादन समितिको वैठकपछि जारी विज्ञप्तीमा सरकारले नयाँ कानून निर्माण गरी महालेखा परीक्षक तथा निर्वाचन आयोगको अधिकार कटौती गर्न लागेको भन्दै आपत्ति समेत जनाएको छ ।

राप्रपा संयुक्तले नेपाल ट्रस्ट मातहतको राष्ट्रिय सम्पत्तिलाई एउटा कम्पनीलाई मात्रै दीर्घकालीन रुपमा लिजमा दिइएको भन्दै विरोध जनाएको छ । नेपाल ट्रस्टको सम्पत्ति लिजमा दिने प्रकरणबाट सरकार विभिन्न स्वार्थ समूहको गोटी बनेको प्रष्ट भएको पनि राप्रपा संयुक्तले आरोप लगाएको छ ।

राप्रपा संयुक्तले संघीय सरकार र प्रदेश सरकारका निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान गर्न नपाउने गरी प्रस्ताव गरिएको विधेयक फिर्ता लिन पनि माग गरेको छ ।

नेपाल ट्रष्टलगायत वाइड बडी जहाज खरीद प्रकरण, ललिता निवास जग्गा प्रकरण, ३३ किलो सुन प्रकरण र विराटनागर जुट मिल चल अचल सम्पत्ति हिनामिनामा कानुन बमोजिमको कारवाही पनि राप्रपा (संयुक्त) ले माग गरेको छ ।

सरकार भित्रकै विवादले परराष्ट्र नीति र अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पारेको उल्लेख गर्दै राप्रपा संयुक्तले सहश्राब्दी विकास कार्यक्रम (एमसीसी) बारे सरकारको स्पष्ट धारणा माग गरेको छ ।

साथै, लिपुलेक, लिम्पियाधुरा लगायत भारतले मिचेका सीमाको विषयमा पनि सरकारले स्पष्ट रुपमा कूटनीतिक पहल गर्न नसकेको राप्रपा संयुक्तको भनाइ छ ।

राप्रपा संयुक्तले पृथ्वीनारायण शाहको जम्नजयन्ती (पुस २७ गते)लाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : १० बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,