२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले पुस १४ गते सोमबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले यसअघि जारी गरेर मिति समाप्त भएका ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल मध्ये ९१ दिन अवधिको १० करोड रुपैयाँको ट्रजरी बिल आगामी चैत १८ गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको बिल २०७७ पुस १४ गते परिपक्क हुनेछ ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

पुस १५ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ३२ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा