पीडीओ नलिने ग्यास उद्योगको अनुमति रद्द गर्ने निगमको चेतावनी « Khabarhub

पीडीओ नलिने ग्यास उद्योगको अनुमति रद्द गर्ने निगमको चेतावनी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ ।

ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति नै रद्द गर्ने जनाएको हो । निगमले सूचना जारी गर्दै पीडीओ नलिने उद्योगहरुको अनुमति नै रद्द गर्ने चेतावनी दिएको छ।

दर्ता भएका ग्यास उद्योगले नेपाल आयल निगमबाट पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । २०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ र शाखा उद्योग खोल्न निगमबाट अनुमति लिए पनि पीडीओ लिएका छैनन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स मात्रै लिएर बसेका उद्योगले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगको लाइसेन्स खारेज गर्न सूचना जारी गरिएको बताए ।

दर्तापछि पीडीओ नलिएका उद्योगलाई पीडीओ लिनका लागि ९० दिनको समय दिइएको गोइतले बताए । सो समयमा उद्योगहरूले पीडीओ नलिए अनुमति खारेज हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ३० बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन