प्रधानमन्त्री ओलीलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा « Khabarhub

प्रधानमन्त्री ओलीलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विशिष्ट अतिथिको सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका हुन् । पर्यटनमन्त्रीका साथमा उर्जा मन्त्री वर्षमान पुन लगायत प्रधानमन्त्री निवास पुगेका थिए ।

भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । पर्यटन वर्षको शुभारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ५३ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको