निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई जना पक्राउ « Khabarhub

निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई जना पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-   अन्य पत्र-पत्रिकाले झैँ आजको राजधानी दैनिकले पनि आजबाट काठमाडौंमा शुरु हुने लगानी सम्मेलनको समाचारलाई नै प्राथमिकताका साथ छापेको छ । पत्रिकाले लगानी सम्मेलनमा निजी क्षेत्रको २७ आयोजनाहरुमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म रहेको जनाएको छ ।

त्यसैगरी पत्रिकाले निष्क्रिय खातामाथि कडाई शीर्षकमा नेपाल राष्ट्र बैंकले निष्क्रिय खातामा कर्डा गर्न लागेको उल्लेख गरेको छ । कल र चल्ती खाता ६ महिनासम्म र बचत खाता तीन वर्षसम्म नचलाए निष्क्रिय हुने उल्लेख गरेको छ ।

राजधानीले पहिलो पृष्ठमै कर्मचारी समायोजना प्रक्रिया सम्पन्न भएको समाचारलाई पनि छापेको छ । समायोजनाको अवस्था संघमा स्वीकृत ४८४०९, समायोजन ३९९६०, त्यसैगरी स्थानीय तहमा स्वीकृत ६६९०८, समायोजना ४३८०७ र प्रदेशमा स्वीकृत २२२९७, समायोजना १३८२१ रहको जनाएको छ ।

त्यसैगरी निर्मता हत्या प्रकरणको समाचालाई पनि राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ। कञ्चनपुरकी १३ वर्षीया  निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले पछिल्लो पटक अछामबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । यसअघि अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनय जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि अहिले प्रहरीले सूचना गोप्य राखेको छ ।

त्यसैगरी पत्रिकाले कर्मचारीतन्त्र र भ्रष्टाचारको पारो शीर्षकमा आजको सम्पादकीय लेखेको छ । हाम्रा कर्मचारी र जनप्रतिनिधि जनताका काम गर्न र प्रभावकारी सेवा प्रवाह गर्न खासै ध्यान दिँदैनन् । बरु उनीहरुको ध्याउन्न कसरी हुन्छ कमिसन खाने र पैसा कमाउने भन्नेमा नै बित्ने गरेको छ ।

कुर्ची, सत्ता र शक्तिमा बस्नेहरुमा विगतदेखि नै इमानदारिताको संकट पर्दै आएको छ । धन देखिपछि महादेवका तीन नेत्र भन्ने उखान जनप्रतिनिधि र कर्मचारीका हकमा चरितार्थ हुँदै आएको आसय व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : १३ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको