काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इशाक दारबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका दुई नेताबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो।
भेटका क्रममा दुवै मन्त्रीले नेपाल र पाकिस्तानबीच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे छलफल गर्नुभयो। सो अवसरमा दुई देशबीचको पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
छलफलका क्रममा द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीय तहमा समेत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। विशेष गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चहरूमा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा दुवै पक्षले जोड दिएका छन्।














प्रतिक्रिया