खानेपानी पनि पैंचो चलाउनुपर्ने बाध्यता, परीक्षा सकेर तिर्ने « Khabarhub

खानेपानी पनि पैंचो चलाउनुपर्ने बाध्यता, परीक्षा सकेर तिर्ने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी अचेल एक बोतल पानीले खाना बनाउँछन्। त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन्। छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ। अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन्। उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बोतल बोकेर पुग्छन्। अनि पानी ल्याएर घरबेटीलाई पैंचो तिर्छन्। यी दुई छात्राको मात्र होइन, एसईई दिन आएका झन्डै एक हजार विद्यार्थीको समस्या हो यो। परीक्षार्थीहरू बिहान घरबेटीसँग पानी पैंचो माग्छन् र परीक्षा दिएर आएपछि धाराबाट ल्याएर तिर्छन्। ७० वर्षीया मधु पोखरेलले आफूले घन्टौं लगाएर ल्याएको पानी त्यत्तिकै दिन नसकेको बताइन्। उनले भनिन्, ‘कष्ट गरेर ल्याएको पानी बेलुकाका लागि आवश्यक हुन्छ।’

निसंखेका बासिन्दाले लामो समयदेखि खानेपानी हाहाकार व्यहोर्दै आएका छन्। एक सय ४१ घरधुरी रहेको निसंखेमा खानेपानी जोहो गर्न खोला र खोल्सा धाउनुपर्छ। स्थानीय युवा जीवन कटवाल खानेपानीको बर्सेनि हाहाकार हुने गरेको बताउँछन्। उनले भने, ‘खानेपानीको जोहो गर्नै समस्या छ।’

खानेपानीका मुहान सुक्दै गएपछि गाउँबाट टाढा रहेका जोरधारा तथा निगालेको ढुंगेधाराबाट उपभोक्ताले पानी ल्याउने गरेको कटवालले जानकारी दिए। एसईई चलिरहेकाले अन्य विद्यालयबाट समेत परीक्षा दिन निसंखेमा डेरा गरी बस्न आएका विद्यार्थीलाई खानेपानी अभाव भएको छ। यहाँ चार माध्यमिक विद्यालयका एक हजार विद्यार्थी र तिनका अभिभावक डेरा गरेर बसेका छन्।

बाजुरामा चामल अभाव शीर्षकको समाचारमा बाजुराको हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्। उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी छन्।

जुनकालाको पाँच जनाको परिवार छ। बुवा दमका बिरामी छन् भने आमा अशक्त। चामल नपाएपछि उनले भनिन्, ‘आमा र बुवा आउन सक्नु हुन्न, म आएँ। तर, चामल नपाएर रित्तो हात फर्कनु पर्‍यो।’

उनले चामलका लागि गाउँका आफन्तकाबाट मासिक सय रुपैयाँको पाँच रुपैयाँ ब्याज दिने सर्तमा पैसा ल्याएकी थिइन्। ‘ऋण काढेर ल्याएको रकममा पनि चामल किन्न पाइएन’, उनले दुःख पोखिन्, ‘त्यहाँबाट कोल्टी जान अझै एक दिन लाग्छ।’

स्थानीयलाई सहजहोस् भनेर कवाडीमा संस्थानले डिपो खोलेको हो। तर, त्यहाँ चामल नभएपछि स्थानीय कोल्टी जान बाध्य छन्। कोल्टी पुग्दा चालम पाइन्छ तर त्यो धरै टाढा पर्छ।

जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान कामका लागि भारत पुगेका छन्। ‘बजारको भन्दा सस्तो चामल पाइन्छ कि भनेर डिपोमा आएँ। तर, रित्तो हात घर फर्किनु परेको छ’, उनले भनिन्। डिपोमा चामल नपाएपछि कन्दमुलले छाक टार्ने उनले बताइन्।

कबाडी डिपोका लागि नेपाल खाद्य संस्थानले तोकेको अनुदानको चामल ठेकेदारले ढुवानी नगर्दा चामल अभाव भएको हो। चामल ढुवानीमा लापरबाही भएको हिमाली गाउँपालिका ५ का वडाध्यक्ष अम्मलाल कार्कीको भनाइ छ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ०५ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत