कुटपिट गरी एक युवकको हत्या, दुई पक्राउ, एक फरार | Khabarhub Khabarhub

कुटपिट गरी एक युवकको हत्या, दुई पक्राउ, एक फरार


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो ।

चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्या भएको सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोही ठाउँको सामुदायिक जङ्गलमा लुकीछिपी बसेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनार पक्राउ परेका छन् ।

पक्राउ परेका युवाले प्रारम्भिक बयानमा घटना स्वीकार गरेका छन् । मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको र निजको खोजीकार्य जारी रहेको छ ।

गत मङ्गलबार राति ९ बजेको समयमा मृतक गङ्गाप्रसाद विक, पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसँगै बसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गङ्गाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो । मृतक विकको शव परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ४५ बजे

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै