बार निर्वाचन : प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा « Khabarhub

बार निर्वाचन : प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल बार एशोसिएनको चैत १६ गते शनिबार हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र नेपाली कांग्रेस निकटका कानून व्यवसायी समूह ‘बृहत् लोकतान्त्रिक समूह’ बीच चर्को प्रतिस्पर्धा देखिएको हो ।

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई आफ्नो समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको समूहबाट मत पाउन मुस्किल छ भने लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनील पोखरेललाई आफ्नै समूहका वरिष्ठ अधिवक्ताको मत पाउन मुस्किल छ । दुवै समूहमा अध्यक्षका उम्मेदवारलाई टिकट लिने बेलामा भएको विवादका कारण दुवै समूहलाई आ आफ्नै समूहबाट चुनौती थपिएको हो । लोकतान्त्रिक समूहमा वरिष्ठ अधिवक्ताबाट अध्यक्षका लागि टिकट नदिएकोप्रति असन्तुष्टि छ । चुनावीसभामासमेत वरिष्ठ अधिवक्ता देखिएका छैनन् । प्रगतिशील समूहमा बारको अघिल्लो निर्वाचनको सहमतिअनुसार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई टिकट नदिएकोप्रति असन्तुष्टि छ ।

अध्यक्षका उम्मेदवार दुवैलाई आ आफ्नो समूहको मत धरापमा परेपछि न्युट्रल रहेका मत जुन समूहले तान्न सक्छ, त्यही समूहले निर्वाचन जित्ने सम्भावना प्रवल छ । यी दुवै बलिया उम्मेदवार भएको हुँदा दुई समूहबीच चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ । बारमा देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्नेछन् । दुवै समूहले आ–आफूले चुनाव जित्ने उद्घोष गर्दै चुनावी मैदानमा होमिएका छन् ।

प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । मतदाताको हिसाबकिताब दुवैले गरिरहेका छन् । दुवै बराबरको हाराहारीका शक्तिशाली देखिएपछि न्युट्रल मत तान्नेको जीत सुनिश्चित हुने देखिएको छ ।

चुनावमा दुवै समूहले बारलाई निष्ठा र प्राज्ञिक बार बनाउने एजेण्डा अघि सारेका छन् । प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले बारलाई व्यावसायिक निष्ठा र प्राज्ञिक बार बनाइका न्यायलयमा हुने अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्नेमा जोड दिएका छन् । ‘अहिले न्यायलयमा जुन खालको अनियमितता छ, त्यसलाई रोकी सुशासन, पारदर्शी बार बनाउन मेरो समूहको उम्मदेवारी हो’, उनले भने, ‘स्वतन्त्र र निष्पक्ष बार, न्यायपालिका प्रमुख प्रतिपक्षको भूमिका खेल्न मेरो जीत सुनिश्चित छ ।’

लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार तथा बारका पूर्वमहासचिव पोखरेललाई पनि आफ्नो समूहले निर्वाचन जित्नेमा ढुक्क छ । ‘अहिलेसम्म बार नेतृत्व केन्द्रित भयो, नीति केन्द्रित हुन सकेन’, उनले भने, ‘अबको बार नेतृत्व केन्द्रित नभई नीति केन्द्रित हुन्छ, त्यो लोकतान्त्रिक समूहको जीतबाट सम्भव छ ।’ दुवै समूह आफूले निर्वाचन जिप्नेमा ढुक्क छन् । लोकतान्त्रिक वा प्रगतिशील कुन समूहले जीत हासिल गर्छ भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान गरेपछिको परिणामले छर्लङ देखाउने छ ।

बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एक/एक जना गरी आठ जना उपाध्यक्ष निर्वाचित हुनेछ । बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १२ : १३ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा