कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव, दैनिक ५ सय पर्यटकलाई निकुञ्ज घुमाइने « Khabarhub

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव, दैनिक ५ सय पर्यटकलाई निकुञ्ज घुमाइने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि शुक्रबारदेखि ‘शुक्लाफाँटा पर्यटन महोत्सव’ शुरु भएको छ ।

भीमदत्त नगरपालिकाको संयोजनमा कञ्चनपुरका सबै स्थानीय तह र सरोकारवालाको सहकार्यमा शुरु भएको महोत्सव २१ गतेसम्म चल्ने छ ।

‘शुक्लाफाँटाको भ्रमण गरौं, पर्यटनक भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नाराका शाथ शुरु भएको महोत्सव अवधिभर दैनिक ३ देखि ५ सय पर्यटकलाई शुक्लाफाँटा निकुञ्जमा घुमाइने लक्ष्य लिइएको छ । पर्यटक घुमाउनका लागि आवश्यक पर्ने १५ वटा सवारी साधनको व्यवस्था गरिएको जनाइएको छ ।

महोत्सवको शुक्रबार कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : २८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि