श्रम मन्त्रालयमा अब फोन वा सामाजिक सञ्जालबाट गुनासो गर्न सकिने « Khabarhub

श्रम मन्त्रालयमा अब फोन वा सामाजिक सञ्जालबाट गुनासो गर्न सकिने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफनो मन्त्रालय मातहतका निकायको महत्वपुर्ण सूचना र गुनासो फोन वा सामाजिक सञ्जालमार्फत जानकारी गराउने भएको छ ।

वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्डलगायत श्रम मन्त्रालय मातहतका निकायहरूका सेवा तथा कार्यक्रमका बारेमा टेलिफोन, इमेल, भाइवर, इमो, मेसेन्जर जस्ता सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गरि जानकारी लिन सकिने गरि कल सेन्टर स्थापन गर्ने लागिएको हो ।

श्रम मन्त्रालयले निःशुल्क रुपमा सञ्चालनमा ल्याउन लागेको ११४१ नम्बरमा डायल गरी मन्त्रालयका गतिविधिका बारमा सिधैं जारी लिन सकिने मन्त्रालयले जनाएको छ ।

सवै श्रम र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र समाधानका लागि मन्त्रालयमा कल सेन्टरको सञ्चालनमा ल्याउने भएको वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्याकारी निर्देशक राजन श्रेष्ठले बताए । निकट भविश्यमा एउटै स्थानबाट सवै सेवा उपलब्ध गराउने गरि सेन्टर सञ्चालन गरिने उनको भनाइ छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता भाइवर, इमो, मेसेन्जरका साथ साथै नेपाल टेलिकम ९७७–०१५९७००८ नम्बरमा सन्देश र सम्पर्क गरि जानकारी लिन सकिने बोर्डले जानकारी दिएको छ ।

वोर्डले सञ्चालनमा ल्याउन लागेको कल सेन्टर सेवाबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुने मन्त्रालयको विश्वास लिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ३ : ३७ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६