ट्याक्सी चालकको अमानवीय हर्कत, बिरामीलाई लतार्दै ट्याक्सीबाट झारेर भागे « Khabarhub

ट्याक्सी चालकको अमानवीय हर्कत, बिरामीलाई लतार्दै ट्याक्सीबाट झारेर भागे


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्याक्सीमा सवार यात्रुमाथी एक जना चालकले अमानवीय व्यवहार प्रदर्शन गरेका छन् ।

ट्याक्सीमा सवार गोकर्णेश्वर नगरपालिका ४ का गोपाल कारञ्जित सवार ट्याक्सीका चालकको हर्कत सुन्दा जो कोहीलाई पनि अस्वभाविक लाग्छ ।

चावहिलको मेडिकेयर अस्पतालमा उपचार गरेर आफ्ना बुवा गोपाललाई ट्याक्सीमा चढाएर आफू स्कुटरमा घर फर्किएका छोरा प्रविण धेरै बरेसम्म बुवा घर नआएपछि निकै छटपटाए ।

बुवा घर नआएर छटपटाइरहेका प्रविण त्यतिबेला छाँगा बाट खसे जतिबेला प्रहरीले हेल्पिङ ह्याण्डमा बोलायो । अस्पताल पुग्दा उनले थाहा पाए बुवाको स्वर्गवास भइसकेको रहेछ ।

अस्पताल पुगेपछि प्रविणले बुवाको निधनको कारण र घटनाबारे थाहा पाए ।

उनले ट्याक्सीमा बुवालाई राखेर आफू स्कुटरमा घर गएका थिए । बाटोमा स्कुटरमा भन्दा ट्याक्सीमा सहज हुन्छ भन्ने सोचर उनले त्यसो गरेका थिए । ट्याक्सीको अगाडिको सीटमा बसेका उनका बुवा गोपाललाई ट्याक्सी चढेको केही मिनेटमा नै असहज भयो । उनी बुरुक्क उफ्रिएर बेहोस भए । त्यसपछि ट्याक्सीका ड्राइभरले उनलाई अस्पताल लानुको सट्टा ट्याक्सीबाट निकालेर धुलाम्मे सडकमा छोडिदिए र भागे ।

सडकमा लडिरहेका गोपाललाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले गोपाललाई अस्पताल पुर्‍याएको थियो तर त्यतिबेलासम्म उनको निधन भइसकेको थियो ।

समातिए ट्याक्सी ड्राइभर

यस्तो अमानीवय हर्कत गरेपछि गोपालका छोरा प्रविणले प्रहरीमा उजुरी गरे । त्यसपछि प्रहरीले सीसी टिभी फुटेजको अध्ययन थाल्यो । हेल्पिङ ह्याण्डको सीसीटीभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहोस भएपछि लतार्दै ट्याक्सीबाट बाहिर निकालिएको दृश्य कैद भएको थियो ।

यसकै आधारमा प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई पक्राउ गर्‍यो।

पक्राउ परेका ट्याक्सी चालकले प्रहरीलाई दिएको बयान अनुसार मृतक गोपल अचानक उफ्रिएजस्तो गरे लगत्तै बेहोस भएपछि उनले अत्तालिएर ‘के गरौं, कसो गरौं’ भएर आफूले बाहिर निकालेर भागेको बताएका छन्।

परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : १५ बजे

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने