पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।

सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन् ।

कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ। साथै, घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको बताइएको छ ।

पाकिस्तानी सुरक्षा बलले सञ्चालन गरेका यी कारबाही मस्तुङ जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका थिए । यद्यपि, मारिएका लडाकुको पहिचान तथा उनीहरू कुन समूहसँग सम्बन्धित थिए भन्नेबारे स्रोतले थप विवरण सार्वजनिक गरेको छैन ।

बलुचिस्तान पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित प्रान्त हो। उक्त क्षेत्रमा लामो समयदेखि विद्रोही समूहका गतिविधि हुँदै आएका छन् । रासस
 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १० : ५६ बजे

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक

दमौली– चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको

खलामा धान भर्दै स्थानीय सरकार, धेरै फलाउनेलाई प्रोत्साहन पुरस्कार 

पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

ओटावा– क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष