‘डिजिटल नेपाल’का लागि लगानी गर्न आह्वान « Khabarhub

‘डिजिटल नेपाल’का लागि लगानी गर्न आह्वान


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेको छ ।

सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरी वातावरण तयार पारेको भन्दै सरकारले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ । ‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिन आज सूचना प्रविधिसम्बन्धी सत्रमा नेपालको सूचना प्रविधिको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गरेको हो ।

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि नीतिको मस्यौदा तयार भई प्रक्रिया अगाडि बढेको र सूचना प्रविधिसम्बन्धी अन्य कानून पनि निर्माण भइसकेको जानकारी दिए ।

सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ ।

सरकारले डिजिटल सम्पर्क सञ्जालमा सुधार गरेको उल्लेख गर्दै उनले नेपालमा पछिल्लो पटक इन्टरनेट र सूचना प्रविधिको प्रयोग बढ्दै गएको तथा फोरजी सेवासमेत शुरु गरेको अवगत गराए ।

विद्युतीय सुशासनका लागि आवश्यक संरचना तयार गरी कार्यान्वयनतहमा पुगेको बताउँदै मन्त्री बाँस्कोटाले डिजिटल नेपाल परियोजनाले मुलुकको समग्र विकास, दिगो सामाजिक तथा आर्थिक वृद्धिको आधार तयार हुने विश्वास व्यक्त गरे ।

सम्मेलनको उक्त सत्रमा वक्ताका रुपमा अमेजन इन्टरनेट सर्भिस कम्पनी भारतका चन्द्र बलानी, जापानको सुमितोमोका महाप्रबन्धक मासाहिरो मियासिता, माइक्रोसफ्टको एशिया प्यासफिक क्षेत्रका प्रबन्ध निर्देशक सोनिया बसिर कविर, नेपालको सफल पाटनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारी सहभागी भएका थिए ।

त्यसैगरी जापानको सुमितोमो कम्पनीका महाप्रबन्धक मासाहिरो मियासिताले डिजिटल रुपान्तरणका लागि ड्रोन, रोवर्ट र सफ्टवेयरको प्रयोग गरी शिक्षा, कृषिलगायत क्षेत्रलाई सबल बनाउन सकिने उल्लेख गरे ।

सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहेको छ । सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना प्रस्तुत गरेको छ । सम्मेलनमा करीब १२ विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

सम्मेलनअन्तर्गत शुक्रबार विभिन्न सात विषयगतमध्ये सूचना प्रविधिसहित पर्यटन, उद्योग, ऊर्जासम्बन्धीका सत्र सम्पन्न भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ४० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले