चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी | Khabarhub Khabarhub

चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– छिमेकी मुलुक चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँ आयोजित अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी छन् ।

राष्ट्रपति भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी हुन् ।

बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरको दूरीमा रहेको कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गरे । राष्ट्रपति सीले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गरे ।

‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ (लिभग्रिन, लिभ बेटर)  नारा रहेको यो प्रदर्शनी १६२ दिन चल्ने छ । प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन समेत गरिन् ।

राष्ट्रपति भण्डारी आइतबार माउन्ट उताईस्थित महान् स्वेत चैत्य (ग्रेट ह्वाइट पगोडा) को अवलोकन गरिन् । सान्सीप्रान्तको उताई पहाडी भागमा अवस्थित यो चैत्य इँटाले बनेको छ । यसलाई सरिरा वाताइयुआन मन्दिर पनि भनिन्छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ०० बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन