एक घण्टाभन्दा बढी मोबाइल र टिभी हेर्नु बालबालिकाका लागि घातक « Khabarhub

एक घण्टाभन्दा बढी मोबाइल र टिभी हेर्नु बालबालिकाका लागि घातक


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तपाईंको बच्चाले दिनमा कति सयमसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि बढ्दै गएको छ ।

तर, यो लतलाई समयमै अभिभावकले छुटाउन नसकेको खण्डमा उनीहरुको शारीरिक विकासमा गम्भीर समस्या देखिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर हालै जारी गरेको चेतावनीमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रिनबाट टाढै राख्न सूचित गरिएको छ । बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने डब्लुएचओको अध्ययन रिपोर्टमा उल्लेख छ ।

डब्लुएचओको नयाँ निर्देशिकामा बालबालिकाको शारीरिक गतिविधिमाथि जोड दिइएको छ । शरीरको तीव्र विकास बालापनमै हुने भएकाले यो समय खेलकुद गतिविधिमा ध्यान केन्द्रित गर्ने तथा पर्याप्त रुपमा सुत्ने बानीको विकास गर्न आवश्यक रहेको बताइएको छ । शारीरिक गतिविधिमा कमी आउँदा हरेक वर्ष विश्वमा सबै उमेर वर्गका ५० लाख मानिसको मृत्यु हुने गरेको छ ।

वर्तमान अवस्थामा २३ प्रतिशत बाल–बालिका तथा ८० प्रतिशत किशोर शारीरिक रुपमा तन्दुरुस्त नभएको डब्लुएचओको तथ्यांकले देखाएको छ । सानो उमेरबाटै शरीरलाई सक्रिय राख्ने तथा पर्याप्तमात्रामा सुत्ने बानीको विकास गर्नु पर्ने डब्लुएचओको सुझाव छ ।

बालबालिकालाई धेरैभन्दा धेरै खेल्ने अवसर दिइनुपर्ने र मोबाइल प्रयोगमाथि पूर्ण रुपमा रोक लगाउनुपर्ने उल्लेख गरिएको छ ।

साना बच्चालाई एक घण्टाभन्दा बढी काख र कुर्सीमा राख्न हुँदैन । ३ महिना उमेरको बच्चालाई १४–१७ घण्टा र ४ देखि ११ महिना उमेरकोलाई १२ देखि १६ घण्टा सुत्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ ।

दिनमा १८० मिनेट बालबालिकालाई अलग–अलग तरिकाको शारीरिक गतिविधिमा बिताउन प्रेरित गर्नुपर्छ ।

दुई वर्षभन्दा कम उमेरको बच्चालाई एक घण्टाभन्दा बढी समय टेलिभिजन तथा मोबाइल हेर्न दिन हुँदैन । उसलाई ११ देखि १४ घण्टा सुत्न आवश्यक हुन्छ ।

३ देखि ४ वर्ष उमेरका बालबालिकालाई दैनिक ६० मिनेटसम्म लगातार शारीरिक गतिविधि गर्न लगाउनुपर्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ३७ बजे

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ