अध्ययन भन्छ– काठमाडौंमा बस्ने मानिसले आफ्ना बालबालिकालाई मन्द विष खुवाइरहेका छन् « Khabarhub

अध्ययन भन्छ– काठमाडौंमा बस्ने मानिसले आफ्ना बालबालिकालाई मन्द विष खुवाइरहेका छन्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दे‍शका अन्य शहर र गाउँको तुलनामा संघीय राजधानी काठमाडौंमा बस्ने व्यक्तिहरु स्वस्थ जीवनशैली यापन गर्छन् भन्ने अनुमान गरिन्छ । काठमाडौंमा बस्ने व्यक्तिले आफूसँगै आफ्ना नानी–बाबुको स्वास्थ्यप्रति पनि विशेष चासो दिन्छन् भन्ने आम अनुमान हुन्छ ।

तर, एक अनुसन्धानबाट काठमाडौं उपत्यकामा बस्ने व्यक्तिले आफ्ना बालबालिकाको स्वास्थ्यमाथि ‘खेलवाड’ गरिरहेका देखिएको छ । अनुसन्धानका अनुसार काठमाडौंमा बस्ने अभिभावकले आफ्ना बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खानेकुरा  खुवाइरहेका छन् ।

खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जंक फूड खुवाइरहेका अध्ययनले देखाएको छ ।

अध्यनका अनुसार सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जंक फूड खुवाइरहेका छन् । पोषणविद्हरु जंक फूडलाई एक प्रकारको ‘मन्द विष’को रुपमा लिन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो ।

सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए । ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो । ‘सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो । उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ,’ डा उपाध्यायले भने ।

प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जंक फूड भनिन्छ । पछिल्लो नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार करीब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत ५ वर्षमुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित रहेका छन् ।

यसैगरी शिशु तथा बाल्यकालीन पोषणको सिफारिस गरेअनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाको सङ्ख्या ४७ प्रतिशत मात्र रहेको छ । यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ०३ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा