गिर्जाघरमा बन्दुकधारीबाट आक्रमण, ५ जना मारिए | Khabarhub Khabarhub

गिर्जाघरमा बन्दुकधारीबाट आक्रमण, ५ जना मारिए


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो– अफ्रिकी मुलुक बुर्किना फासोमा गिर्जाघरमा गोली चल्दा एक पादरीसहित कम्तीमा ५ जनाको ज्यान गएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रमा रहेको जिबो शहरनजिक बन्दुकधारीको एक समूहले गिर्जाघरमा प्रवेश गरी जथाभावी गोली चलाएको बताइएको छ ।

घटनामा मारिनेमा चार जना भक्त र एक पादरी रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक बन्दुकधारीले अरु २ जनालाई अपहरण गरी लगेका छन् ।

बुर्किना फासोमा मुसलमान र इसाई धर्मावलम्बीबीच धार्मिक कलह शुरु भएयता कुनै गिर्जाघरमा गराइएको यो पहिलो आक्रमण हो । आक्रमणको कुन समूहको सहभागिता थियो र के मनशायले आक्रमण गरियो भन्ने हालसम्म स्पष्ट नभइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम अफ्रिकामा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट र अल कायदासँग आबद्ध धेरै लडाकु समूहहरुले बेला बेला सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ५५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्