५ वर्षपछि इस्लामिक स्टेटका प्रमुख बगदादीको भिडियो सार्वजनिक, बदला लिन समर्थकलाई आह्वान « Khabarhub

५ वर्षपछि इस्लामिक स्टेटका प्रमुख बगदादीको भिडियो सार्वजनिक, बदला लिन समर्थकलाई आह्वान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंकवादी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीको नयाँ भिडियो सार्वजनिक भएको छ । इस्लामिक स्टेट आबद्ध अल फुरकान मिडिया सेन्टरले बगदादी समावेश रहेको १८ मिनेट लामो नयाँ भिडियो सार्वजनिक गरेको हो ।

उनीसहित अन्य तीन लडाकु समेत देखिएको भिडियोमा बगदादीले पूर्वी सिरियाको डिएर एजजोर प्रान्तमा रहेको बाघुज शहरमा भएको भीडन्तबारे पनि चर्चा गरेका छन् । भिडियोमा उनले बाघुज शहरमा भएको भीडन्तको बदला लिनसमेत आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।

त्यस्तै उनले हालै श्रीलंकामा भएको आक्रमणको चर्चा गरेको देखिन्छ । भिडियोमा उनको साथमा एके ४७ जस्तै देखिने राइफल रहेको छ भने उनले कालो कपडा लगाएका छन् । उनीबाहेक भिडियोमा देखिने अन्य तीन लडाकुको भने अनुहार ब्लर गरिएको छ ।

यद्यपि भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने स्पष्ट नभए पनि बगदादीले अघिल्लो साता श्रीलंकामा गराइएको आक्रमणबारे पनि चर्चा गरेको हुँदा भिडियो केही दिन अघिमात्र खिचिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

सन् २०१४ मा इराकको मोसुल शहरमा रहेको अल नूरी मस्जिदबाट इस्लामिक राज्य स्थापनाको औपचारिक घोषणा गरे यता उनी देखिएका थिएनन् ।

यसबीचमा उनी मारिएको तथा गम्भीर घाइते भएको समाचार आएका थिए । तर, भिडियोमा उनी स्वस्थ्य नै रहेजस्तो देखिन्छन् ।

कुनै समय सिरिया र इराकको विशाल भूभागमा कब्जा जमाएको इस्लामिक स्टेटले अहिले भने सो क्षेत्रका कुनै पनि भूभाग नियन्त्रण नगरेकाले इस्लामिक स्टेटका नेताहरु सिरिया र इराकको विशाल मरुभूमिमा लुकेर बसेको हुनसक्ने बताइन्छ ।

इस्लामिक स्टेटले घोषाणा गरेको इस्लामिक राज्य अर्थात् खिलाफातका शासक अर्थात् खिलाफ रहेका उनीबारे जानकारी दिनेलाई अमेरिकाको न्याय मन्त्रालयले ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमअन्तर्गत २ करोड ५० लाख अमेरिकी डलर बराबरको इनाम राखेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ४४ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध