५ वर्षपछि इस्लामिक स्टेटका प्रमुख बगदादीको भिडियो सार्वजनिक, बदला लिन समर्थकलाई आह्वान | Khabarhub Khabarhub

५ वर्षपछि इस्लामिक स्टेटका प्रमुख बगदादीको भिडियो सार्वजनिक, बदला लिन समर्थकलाई आह्वान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंकवादी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीको नयाँ भिडियो सार्वजनिक भएको छ । इस्लामिक स्टेट आबद्ध अल फुरकान मिडिया सेन्टरले बगदादी समावेश रहेको १८ मिनेट लामो नयाँ भिडियो सार्वजनिक गरेको हो ।

उनीसहित अन्य तीन लडाकु समेत देखिएको भिडियोमा बगदादीले पूर्वी सिरियाको डिएर एजजोर प्रान्तमा रहेको बाघुज शहरमा भएको भीडन्तबारे पनि चर्चा गरेका छन् । भिडियोमा उनले बाघुज शहरमा भएको भीडन्तको बदला लिनसमेत आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।

त्यस्तै उनले हालै श्रीलंकामा भएको आक्रमणको चर्चा गरेको देखिन्छ । भिडियोमा उनको साथमा एके ४७ जस्तै देखिने राइफल रहेको छ भने उनले कालो कपडा लगाएका छन् । उनीबाहेक भिडियोमा देखिने अन्य तीन लडाकुको भने अनुहार ब्लर गरिएको छ ।

यद्यपि भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने स्पष्ट नभए पनि बगदादीले अघिल्लो साता श्रीलंकामा गराइएको आक्रमणबारे पनि चर्चा गरेको हुँदा भिडियो केही दिन अघिमात्र खिचिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

सन् २०१४ मा इराकको मोसुल शहरमा रहेको अल नूरी मस्जिदबाट इस्लामिक राज्य स्थापनाको औपचारिक घोषणा गरे यता उनी देखिएका थिएनन् ।

यसबीचमा उनी मारिएको तथा गम्भीर घाइते भएको समाचार आएका थिए । तर, भिडियोमा उनी स्वस्थ्य नै रहेजस्तो देखिन्छन् ।

कुनै समय सिरिया र इराकको विशाल भूभागमा कब्जा जमाएको इस्लामिक स्टेटले अहिले भने सो क्षेत्रका कुनै पनि भूभाग नियन्त्रण नगरेकाले इस्लामिक स्टेटका नेताहरु सिरिया र इराकको विशाल मरुभूमिमा लुकेर बसेको हुनसक्ने बताइन्छ ।

इस्लामिक स्टेटले घोषाणा गरेको इस्लामिक राज्य अर्थात् खिलाफातका शासक अर्थात् खिलाफ रहेका उनीबारे जानकारी दिनेलाई अमेरिकाको न्याय मन्त्रालयले ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमअन्तर्गत २ करोड ५० लाख अमेरिकी डलर बराबरको इनाम राखेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ४४ बजे

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

ट्रम्पलाई हराउन लागेको भन्दै ओबामा प्रशासनका अधिकारीमाथि छानबिन गर्न निर्देशन

वाशिङ्टन – अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले त्यहाँका अभियोजकलाई सन् २०१६को

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

म्याग्दी– म्यागदीको धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले