८ महिनामा पाँच लाख बिरामी अस्पताल भर्ना « Khabarhub

८ महिनामा पाँच लाख बिरामी अस्पताल भर्ना


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो आठ महिनामा झन्डै पाँच लाख बिरामी अस्पतालमा भर्ना भएका छन् । २०७५ साउनदेखि फागुन मसान्तसम्ममा आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ ।

तीमध्ये प्रदेश १ मा ६७ हजार ६३९, प्रदेश २ मा ९ हजार ६१९, प्रदेश ३ मा २ लाख ६१ हजार ५३१, गण्डकी प्रदेशमा ३९ हजार २९५, प्रदेश ५ मा ६७ हजार ७१४, कर्णाली प्रदेशमा २० हजार ९३९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ८७१ बिरामी भर्ना भएको राजधानी दैनिकमा खबर छ ।

यस्तै, सो अवधिमा १ करोड ५ लाख ३२ हजार ३२५ पटक बिरामी अस्पताल पुगेका छन् । अस्पतालले पटकपटक बोलाउँदा बिरामी दोहोरिएर अस्पताल जाने गरेका छन् । त्यस्तै, सो अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४७४ मुटुका बिरामीलाई बहिरंगमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने ५ हजार ९२१ बिरामीको क्याथल्याबमार्फत उपचार गरिएको छ ।

बजेट १५ खर्ब ९० अर्बको हाराहारीमा शीर्षकको समाचारमा सरकारले आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट ल्याउँदै छ । सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार अपरान्ह ४ बजे संघीय संसद्मा आगामी बजेट प्रस्तुत गर्ने छन ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य लिएको छ । दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न ल्याउने आगामी बजेट विशेषगरि सामाजिक सुरक्षा र पूर्वाधारमा केन्द्रित भएर आउने अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार राजश्व र करका दायरा गत वर्षको भन्दा केही बढ्ने छ ।

वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्यनको समिक्षा सहित ल्याइने आगामी बजेट वैदेशिक ऋण र सहायताकालागि बलियो भएर आउने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ५१ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका