८ महिनामा पाँच लाख बिरामी अस्पताल भर्ना « Khabarhub

८ महिनामा पाँच लाख बिरामी अस्पताल भर्ना


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो आठ महिनामा झन्डै पाँच लाख बिरामी अस्पतालमा भर्ना भएका छन् । २०७५ साउनदेखि फागुन मसान्तसम्ममा आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ ।

तीमध्ये प्रदेश १ मा ६७ हजार ६३९, प्रदेश २ मा ९ हजार ६१९, प्रदेश ३ मा २ लाख ६१ हजार ५३१, गण्डकी प्रदेशमा ३९ हजार २९५, प्रदेश ५ मा ६७ हजार ७१४, कर्णाली प्रदेशमा २० हजार ९३९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ८७१ बिरामी भर्ना भएको राजधानी दैनिकमा खबर छ ।

यस्तै, सो अवधिमा १ करोड ५ लाख ३२ हजार ३२५ पटक बिरामी अस्पताल पुगेका छन् । अस्पतालले पटकपटक बोलाउँदा बिरामी दोहोरिएर अस्पताल जाने गरेका छन् । त्यस्तै, सो अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४७४ मुटुका बिरामीलाई बहिरंगमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने ५ हजार ९२१ बिरामीको क्याथल्याबमार्फत उपचार गरिएको छ ।

बजेट १५ खर्ब ९० अर्बको हाराहारीमा शीर्षकको समाचारमा सरकारले आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट ल्याउँदै छ । सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार अपरान्ह ४ बजे संघीय संसद्मा आगामी बजेट प्रस्तुत गर्ने छन ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य लिएको छ । दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न ल्याउने आगामी बजेट विशेषगरि सामाजिक सुरक्षा र पूर्वाधारमा केन्द्रित भएर आउने अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार राजश्व र करका दायरा गत वर्षको भन्दा केही बढ्ने छ ।

वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्यनको समिक्षा सहित ल्याइने आगामी बजेट वैदेशिक ऋण र सहायताकालागि बलियो भएर आउने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ५१ बजे

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त