यस्तो छ सलमान खानको फिल्म ‘भारत’ को कहानी « Khabarhub

यस्तो छ सलमान खानको फिल्म ‘भारत’ को कहानी


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानका फ्यानलाई यो ईद विशेष हुनेछ । किनकि, ईदको मौका पारेर फिल्म ‘भारत’ प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई सलमान खानको करिअरकै ठूलो फिल्मका रुपमा समेत हेरिएको छ ।

यो फिल्ममा सलमानले जुन भूमिका निभाएका छन्, त्यो भूमिका अहिलेसम्म उनले कुनै फिल्ममा पनि निभाएका थिएनन् । उनी १८ वर्षका युवकदेखि वृद्धसम्म देखिनेछन् यो फिल्ममा । ‘भारत’ दक्षिण कोरियाको फिल्म ओड टु माइ फादरको आधिकारिक रिमेक पनि हो । उक्त कोरियन फिल्म सन् २०१४ मा रिलिज भएको थियो ।

फिल्मले भारत र पाकिस्तानको कथालाई उठाएको छ । सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भएका थिए । भारत (सलमान खान) का पिता (ज्याकी श्राफ) पाकिस्तानमा बस्ने फैसला गर्छन् । ८ वर्षीय भारतले कसम खान्छन् कि, जस्तो अवस्थामा उनले परिवारलाई एकसाथ बनाउनेछन् । चाहे जस्तोसुकै विपत्ति आओस् ।

त्यसपछि भारतको जिन्दगीमा अघिल्लो ६० वर्षलाई देख्न सकिन्छ । जसमा भारत देशमा हुने मुख्य घटना पनि समानान्तर रुपमा अगाडि बढिरहन्छन् ।

सन् १९६४ मा भारत द ग्रेट रसियन सर्कसमा सामेल हुन्छन् । उनी एक प्लेब्याइ बनिसकेका हुन्छन् । सन् १९७० को मध्येमा गल्फमा तेलमा खोजी हुन्छ, त्यतिबेला भारत उतै जान्छन् । त्यहाँ रहेकी कुमुद रैना (क्याटरीना कैफ) सँग भारतको भेट हुन्छ ।

पछि भारत भारतीय नेवीमा पनि सामेल हुन्छन् । सन् १९९० को आसपास उनी परिवारका साथ व्यवसाय सम्हालेको अवस्थामा हुन्छन् । जिन्दगीमा ठूलै उथलपुथल हुँदा पनि सलमान आफ्ना बाबुसँगको वाचा पूरा गर्नमा भने प्रयासरत हुन्छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : ५१ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि