पार्टी कार्यकर्तालाई देउवाको निर्देशन– लोकतन्त्र बचाउन तयार हुनुहोस् | Khabarhub Khabarhub

पार्टी कार्यकर्तालाई देउवाको निर्देशन– लोकतन्त्र बचाउन तयार हुनुहोस्


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेको आरोप लगाएका छन् । वर्तमान कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरिसकेकाले त्यसको प्रतिवाद गर्न कांग्रेस तयार हुनुपर्ने देउवाको भनाइ छ ।

लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको पहिलो दायित्व भएको उल्लेख गर्दै देउवाले त्यसका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै देउवाले लोकतन्त्रका लागि लडेको कांग्रेसले नै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ सभापति देउवाले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘लोकतन्त्रका लागि कांग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गरिरहने छ,’ देउवाले भने ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : ३६ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने