मेघगर्जनसहित वर्षाको सम्भावना, न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले प्रभाव « Khabarhub

मेघगर्जनसहित वर्षाको सम्भावना, न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले प्रभाव


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

मौसमविद सुजन सुवेदीका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्काे घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीले बताए ।

उनका अनुसार मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा ) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा वर्षा कम भई घाम लाग्ने हुन्छ ।

राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशका पूर्वी तथा मध्यभागहरुमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिम पहाडी भेगका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : ५८ बजे

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत

देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौँ– देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम