१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी  « Khabarhub

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीको १५ औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनको निश्चित तिथि जारी बैठकबाटै तोकिनु पर्ने बताए ।    

‘०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस्,’ केन्द्रीय सदस्य केसीले भने, ‘त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ ।’ 

सभापति शेरबहादुर देउवाले महाधिवेशन समयमै हुने सार्वजनिक अभिव्यक्ति दिने गरेको स्मरण गर्दै उनले समयमै भनिएको समय कहिले हो भन्दै प्रश्न गरे । 

‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रूपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ । त्यो भनिएको समय कहिले हो ?,’ केसीले प्रश्न गरे, ‘त्यो समय ०८२ मंसिर भित्र हो कि ०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ?’ 

केसीले निर्वाचनपछि महाधिवेशन गर्ने कुरासमेत उठ्ने गरेको भन्दै उक्त विषय संविधान र कानुनी रूपबाट सम्भव नै नभएको जिकिर गरे । 

‘कहिलेकहीँ निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ । त्यो त संविधान र कानुनी रूपबाट सम्भवै छैन,’ केसीले भने, ‘यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आइपर्ने हेक्का राख्नु पर्ने जरुरी छ ।’

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  २ : २५ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले