कतारी भिसा सेन्टरको विरोधमा रोजगार व्यवसायी, अर्को सिण्डिकेट लाद्न खोजेको आरोप « Khabarhub

कतारी भिसा सेन्टरको विरोधमा रोजगार व्यवसायी, अर्को सिण्डिकेट लाद्न खोजेको आरोप


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारले बुधबार (आज)देखि सञ्चालनमा ल्याउन लागेको कतारी भिसा सेन्टरको वैदेशिक रोजगार व्यवसायीले नै विरोध गरेका छन् ।

मलेसिया जाने कामदारलाई जस्तै आर्थिक भार थप्ने अर्को सिण्डिकेट लगाउने भिसा सेन्टर खालिएको भन्दै व्यवसायीले विरोध गरिरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन् । यस्तै व्यवसायीले भिसा सेन्टर खेल्न ठूलो आर्थिक चलखेल भएको आरोप पनि लगाइरहेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भिसा सेन्टरले विदेशिने कामदारसँग एक रुपैयाँ पनि शुल्क नलिने र कुनै प्रकारको सिन्डिकेट कायम नगर्ने प्रतिवद्धता गरेको छ ।

तर, व्यवसायीहरु भने सीमित व्यवसायीलाई मात्रै कतारमा कामदार आपूर्ति गर्न दिने योजनसहित भिसा सेन्टरको योजना अघि ल्याएको र सोही अनुसार सञ्चालनमा ल्याउन लागेको दाबी गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टरलाई सञ्चालनमा अवरोध नगर्ने भनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि लचिलो भएर भिसा सेन्टर खोल्न भएको पाइएको छ ।

कतारी भिसा सेन्टर खोल्न विषयमा व्यवसायीसँग कुनै छलफल नै नभएको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भान्तानाले बताएका छन् ।

भिसा सेन्टर कतारी सरकारको योजना नभइ एउटा कतारको स्थानिया संस्था र सिंगापुरको निजी कम्पनीले कामदारसँग शुल्क लिने उद्देश्यले खोल्न लागिएको उनको भनाई छ । भिसा सेन्टर खोलेर रोजगारीमा जाने कामदारलाई ठग्ने नियत भएको उनले बताए ।

स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका नाममा भिसा सेन्टरले लञ्च खर्चबापत अप्रत्यक्ष शुल्क कामदारसँग लिन लागको भन्दै व्यवसायीले विरोध गरिरहेको छन् ।

भिसा सेन्टरमार्फत रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छापलगायतका सवै प्रक्रियाका नाममा प्रतिकामदार ७ हजारसम्म शुल्क लाग्ने व्यवसायीको दावी छ । कतार सरकारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली लागू गरेको जनाएको छ ।

नेपाल बाहेक भारत र अन्य देशमा सञ्चालनमा ल्याएको भिसा सेन्टरको बारेमा हाल विरोध भइरहेको छ । अन्य देशमा विरोध भइरहेको भिसा सेन्टर नेपाली खेल्न सरकारले अनुमति दिनु राम्रो पक्ष नभएको व्यवसायीको भनाइ छ ।

लामो समयदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती नदिएको भिसा सेन्टरको विषयमा कुटनीतिक पहल भएपछि सञ्चालन आउन लागेको हो ।

गत मंसिर महिनामा मै भिसा सेन्टर सञ्चालनमा ल्याउने भनिएको थियो । त्यस बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट तत्काल भिसा सेन्टर खोल्न दिएको थिएन । हाल यो विषयमा श्रम मन्त्रालयले भने मौन छ । तर, पछिल्लो समय कुटनीतिक विषयभित्र पर्ने भन्दै परराष्ट्र मन्त्रालयले अनुमति दिएपछि भिसा सेन्टर खोलिएको हो ।

कतार सरकारले रोजगारीका लागि कतार जाने कामदारको सम्पुर्ण काम एकै ठाँउबाट गर्ने उद्देश्यले कतारी भिसा खोल्न सरकारले अनुमति दिएको छ ।

कतार भिसा सेन्टरको बुधबार बेलुका एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले उद्घाटन गरि औपचारिक सञ्चालन हुने भएको हो ।

वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टरले बुधबारदेखि सञ्चालनमा आउने नेपालस्थित कतारी दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : २९ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक