कतारी भिसा सेन्टरको विरोधमा रोजगार व्यवसायी, अर्को सिण्डिकेट लाद्न खोजेको आरोप | Khabarhub Khabarhub

कतारी भिसा सेन्टरको विरोधमा रोजगार व्यवसायी, अर्को सिण्डिकेट लाद्न खोजेको आरोप


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारले बुधबार (आज)देखि सञ्चालनमा ल्याउन लागेको कतारी भिसा सेन्टरको वैदेशिक रोजगार व्यवसायीले नै विरोध गरेका छन् ।

मलेसिया जाने कामदारलाई जस्तै आर्थिक भार थप्ने अर्को सिण्डिकेट लगाउने भिसा सेन्टर खालिएको भन्दै व्यवसायीले विरोध गरिरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन् । यस्तै व्यवसायीले भिसा सेन्टर खेल्न ठूलो आर्थिक चलखेल भएको आरोप पनि लगाइरहेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भिसा सेन्टरले विदेशिने कामदारसँग एक रुपैयाँ पनि शुल्क नलिने र कुनै प्रकारको सिन्डिकेट कायम नगर्ने प्रतिवद्धता गरेको छ ।

तर, व्यवसायीहरु भने सीमित व्यवसायीलाई मात्रै कतारमा कामदार आपूर्ति गर्न दिने योजनसहित भिसा सेन्टरको योजना अघि ल्याएको र सोही अनुसार सञ्चालनमा ल्याउन लागेको दाबी गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टरलाई सञ्चालनमा अवरोध नगर्ने भनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि लचिलो भएर भिसा सेन्टर खोल्न भएको पाइएको छ ।

कतारी भिसा सेन्टर खोल्न विषयमा व्यवसायीसँग कुनै छलफल नै नभएको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भान्तानाले बताएका छन् ।

भिसा सेन्टर कतारी सरकारको योजना नभइ एउटा कतारको स्थानिया संस्था र सिंगापुरको निजी कम्पनीले कामदारसँग शुल्क लिने उद्देश्यले खोल्न लागिएको उनको भनाई छ । भिसा सेन्टर खोलेर रोजगारीमा जाने कामदारलाई ठग्ने नियत भएको उनले बताए ।

स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका नाममा भिसा सेन्टरले लञ्च खर्चबापत अप्रत्यक्ष शुल्क कामदारसँग लिन लागको भन्दै व्यवसायीले विरोध गरिरहेको छन् ।

भिसा सेन्टरमार्फत रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छापलगायतका सवै प्रक्रियाका नाममा प्रतिकामदार ७ हजारसम्म शुल्क लाग्ने व्यवसायीको दावी छ । कतार सरकारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली लागू गरेको जनाएको छ ।

नेपाल बाहेक भारत र अन्य देशमा सञ्चालनमा ल्याएको भिसा सेन्टरको बारेमा हाल विरोध भइरहेको छ । अन्य देशमा विरोध भइरहेको भिसा सेन्टर नेपाली खेल्न सरकारले अनुमति दिनु राम्रो पक्ष नभएको व्यवसायीको भनाइ छ ।

लामो समयदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती नदिएको भिसा सेन्टरको विषयमा कुटनीतिक पहल भएपछि सञ्चालन आउन लागेको हो ।

गत मंसिर महिनामा मै भिसा सेन्टर सञ्चालनमा ल्याउने भनिएको थियो । त्यस बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट तत्काल भिसा सेन्टर खोल्न दिएको थिएन । हाल यो विषयमा श्रम मन्त्रालयले भने मौन छ । तर, पछिल्लो समय कुटनीतिक विषयभित्र पर्ने भन्दै परराष्ट्र मन्त्रालयले अनुमति दिएपछि भिसा सेन्टर खोलिएको हो ।

कतार सरकारले रोजगारीका लागि कतार जाने कामदारको सम्पुर्ण काम एकै ठाँउबाट गर्ने उद्देश्यले कतारी भिसा खोल्न सरकारले अनुमति दिएको छ ।

कतार भिसा सेन्टरको बुधबार बेलुका एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले उद्घाटन गरि औपचारिक सञ्चालन हुने भएको हो ।

वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टरले बुधबारदेखि सञ्चालनमा आउने नेपालस्थित कतारी दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : २९ बजे

सातु र सर्वत सेवन गरी मनाइयो अक्षय तृतीया (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने 

तेहरान– इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा

महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार

काठमाडौं– सर्वाेच्च अदालतले शाखा अधिकृत महिमानसिंह विष्टले डिल्लीबजार कारागारलाई लेखेको

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । शिक्षामन्त्रीसँग शिक्षकहरूको

फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

काठमाडौं – डिल्लीबजार कारागारबाट छुट्न लागेका नाउपा संरक्षक रेशम चौधरीलाई