पानीका मुहान सुके, एक गाग्रो पानीकालागी घन्टौं हिँड्नुपर्ने बाध्यता « Khabarhub

पानीका मुहान सुके, एक गाग्रो पानीकालागी घन्टौं हिँड्नुपर्ने बाध्यता


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको छ । जाजरकोटको कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती भएको छ ।

अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए । उनका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर ल्याउने गरेको छ।

पानी अभावको समस्या वडा कार्यालय र विद्यालयमा समेत परेको छ। पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन भएका छन् । सात किलोमिटर दूरीको लडा लेकको खानेपानी योजना निर्माण नगरेसम्म समस्या भइरहने स्थानीयवासीको भनाइ छ। बजेट अभाव देखाउँदै स्थानीय तहले खानेपानी योजना निर्माणमा चासो नदेखाएको उनीहरूको गुनासो छ।

पानी अभावले गणेश आधारभूत विद्यालय स्याङ्गीका विद्यार्थीले दिवा खाजासमेत खान पाएका छैनन्। बोकेर ल्याएको पानीले डेढसय विद्यार्थीलाई पकाएर खुवाउन नसक्दा दिवा खाजा बन्द गर्न बाध्य भएको प्रधानाध्यापक उत्तमीलाल यादवले बताए ।

त्यस्तै कुशे–८, जिन्तालामा पनि खानेपानीको हाहाकार मच्चिएको छ । पुरानो खानेपानी योजनाको मुहान सुक्दा र नयाँ योजना निर्माणमा बजेट नहुँदा जिन्तालामा खानेपानीको अभाव भएको हो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : ४२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट