नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी  « Khabarhub

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम) को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया पुनः अघि बढाउने तयारी सुरु भएको छ । 

यसका लागि निर्वाचन समितिले आगामी बुधबार उम्मेदवारहरूसँग छलफल गर्ने भएको छ । 

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्य का अनुसार २०८२ चैत ४ गते बिहान ११ बजे संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा सबै उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ । 

छलफलमा स्थगित निर्वाचन कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राय सुझाव लिइने जनाइएको छ ।

एनएमएको निर्वाचन यसअघि विभिन्न कारणले प्रभावित हुँदै आएको थियो । प्रारम्भमा केही उम्मेदवारले नियम विपरीत आफ्नो नाम अन्तिम नामावलीमा समावेश नगरिएको भन्दै अदालतमा उजुरी दिएका थिए । 

अदालतले उनीहरूको नामसमेत समावेश गर्न आदेश दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भएको थियो ।

तर त्यसको केही समयपछि निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचन का लागि जारी गरेको निर्वाचन आचारसंहिता लागू भएपछि संघको निर्वाचन कार्यक्रम सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको थियो । 

आयोगले २०८२ माघ ७ गते पठाएको पत्रका आधारमा संघको निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो ।

अब उक्त आचारसंहिताको अवधि समाप्त भइसकेपछि २०८२ फागुन ३० गते बसेको निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया पुनः अघि बढाउने विषयमा उम्मेदवारहरूसँग छलफल गर्ने निर्णय गरेको हो । 

समितिले सबै उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ०८ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश