गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्नुपर्छ–प्रधानमन्त्री | Khabarhub Khabarhub

गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्नुपर्छ–प्रधानमन्त्री


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताएका छन् ।

गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उनले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गरे ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिए ।

आजको दिन राजतन्त्रको शृङ्खलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन भएको र यो जनताको विजय र कुलीनतन्त्रको पराजय भएको दिन भएको ओलीको भनाइ थियो । ‘ बलपूर्वक थोपरिएको अन्यायको विरुद्ध न्यायको जीत भएको दिन हो”, प्रधानमन्त्रीले भने ।

शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनतामा लोकतन्त्रको सार्थक अनूभूति गराउने अभियानमा सरकार लागेको बताए ।

सरकाको कदम सुशासन र विकास तर्फ अग्रसर भएको ओलीको भनाइ थियो ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार र सात प्रदेश तथा ७५३ वटै सरकारलाई एउटै लय र तालमा समृद्धिको गन्तव्यतर्फ अग्रसर गराउनु मुख्य दायित्व भएको बताए ।

ओलीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्नका लागि सरकार रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने तथा विकासका आयोजनाको गति बढाउन लागिपरेको दाबी गरे ।

जनताको अनुहार मलीन हुने विवशताको अन्त्य गर्ने सङ्कल्पलाई सार्थक बनाउन सरकारको दृढ उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि विभिन्न पेशा, क्षेत्र, व्यवसायका व्यक्तिको साथ रहने विश्वास व्यक्त गरे ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ११ बजे

रेशम पक्राउ परेपछि प्रज्ञामा कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी

बालुवाटार बैठक- युवालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव

काठमाडौं– सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ

म्याग्दीमा पशुपालन गर्नेको संख्या घट्दै

म्याग्दी–  वैदेशिक रोजगारी, युवा पुस्तामा पशुपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय