अस्ट्रेलियामा रवि लामिछानेसँग नेपालीको गुनासो – लाश पठाउन पनि ‘रोइ कराइ’ गर्नुपर्छ ! « Khabarhub

अस्ट्रेलियामा रवि लामिछानेसँग नेपालीको गुनासो – लाश पठाउन पनि ‘रोइ कराइ’ गर्नुपर्छ !


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बर्षेनि हजारौँ विद्यार्थी अस्ट्रेलिया पुग्ने गर्छन् । ती विद्यार्थीको सपना हुन्छ, आफ्नो भविष्य बनाउने र परिवारलाई पनि आर्थिक रुपमा केही सबल बनाउने । उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीले प्रोसेसिङका लागि मात्र २० देखि ४० लाखसम्म खर्च गरेर सुन्दर जीवनको कल्पना गर्दै अस्ट्रेलिया हानिने गर्छन् । तर, अस्ट्रेलिया पुगेपछि नेपालीले भोग्ने पीडा भने युवायुवतीले नेपालमा देखेको सपनाभन्दा बिल्कुलै फरक छ ।

अस्ट्रेलियाका शहरमा कति नेपालीको मृत्यु हुन्छ, कतिले काम नपाएर बिचल्लीमा परेका हुन्छन् ।

हालै अस्ट्रेलिया पुगेका एक विद्यार्थीले हरेक महिनामा कोही न कोही नेपालीको मृत्यु हुने गरेको सुनाए । अझ दुःखको कुरा त ती विद्यार्थीलाई नेपाल पठाउन आर्थिक रकम संकलन गर्न पनि निकै गाह्रो भएको बताए । ‘हरेक महिना एकजना नेपालीको मृत्यु हुन्छ, हामी सामाजिक संस्था पैसा उठाउन लागिपरेका हुन्छौँ, हाम्रो देशलाई आफ्ना नागरिकको यतिसम्म पनि चिन्ता छैन कि, अर्काको देशबाट आफ्ना नागरिकको लाश नेपालमा कसरी ल्याउने,’ अस्ट्रेलियामा पढ्नै आएका सुमन ओलीले भने, ‘हाम्रो लाश कसैसँग भिख नमागी आफ्नो बाबुआमालाई बुझाउन हामी सक्दैनौँ ?’

उनको गुनासो थियो, नेपाल सरकारले विदेशमा भएका आफ्ना विद्यार्थीलाई हेरेन । राजदूतावास र नेपाली विद्यार्थीको सहयोगका लागि खुलेका संस्थाले पनि समस्यामा परेका विद्यार्थीलाई कुनै सहयोग गरेनन् ।

नेपालमा कडा मेहनत गरेर आईएलटीएस पास गरी उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया पुगेका विद्यार्थीले निकै दुःख पाएका घटना बाहिरिन थाले पनि सरकारले भने यसबारेमा कुनै कदम चाल्न सकेको छैन, शिवाय समाचार पढ्नुबाहेक ।

अस्ट्रेलियामा बिच्चलीमा परेका नेपाली विद्यार्थीले नेपालबाट गएका पत्रकार रवि लामिछानेसँग आफ्ना गुनासा पोखेका छन् । ती गुनासामा अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई त्यहाँ गठन भएका कुनै पनि नेपाली संस्थाले नहेरेको र नेपालमा च्याउसरी खुलेका कन्सल्टेन्सीका कारण अस्ट्रेलियामा विद्यार्थीले झनै दुःख पाएको लगायतका गुनासा पोखेका छन् ।

यी गुनासापछि नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययन गर्न कति सहज भन्ने प्रश्न झनै गम्भीरताका साथ उठेको छ ।

सामाजिक सञ्जालमा पनि अस्ट्रेलिया अध्ययनका लागि जानु कति ठीक ? भन्ने खालका बहस उठेका छन् । यति लामो बहस सिर्जना भइरहँदा पनि नेपाल सरकारले भने यसबारेमा कुनै चासो देखाएको छैन । त्यसो त अस्ट्रेलियामा नेपालीले निकै कष्ट पाएको घटना बाहिरिएको यो पहिलोपटक भने होइन । अस्ट्रेलियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले नेपालबाट थप विद्यार्थी नआऊन् भनेर चाहेको धारणा राखेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि अस्ट्रेलियामा पढ्न गएर अब फस्न नहुने बहस गर्न थालेका छन् ।

रवि लामिछानेको कार्यक्रममा एक विद्यार्थीले गुनासो पोखे, ‘रवि दाइ, ट्रेनका सुत्नुपरेका नेपाली विद्यार्थीसँग कुरा गर्नुस्, ताकि बाँकी दश वर्षसम्म अरु विद्यार्थी अस्ट्रेलिया नआऊ्न्, नेपालमै लोकसेवाको तयारी गरुन् ।’

केही वर्षयता उच्च शिक्षाका लागि अस्ट्रेलिया उत्कृष्ट गन्तव्य भनिएको थियो । केही वर्षयता भने नेपालीको अवस्था निकै निराशाजनक भएको गुनासो आइरहन्छ । हालै उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेकी दीपिका जमकट्टेलले भनिन्, ‘एकजना तामाङ भाइको मृत्यु भएको थियो, त्यति बेला हामीले एनआरएनएसँग सहयोग माग्यौँ, तर उनले उक्त संस्थाले विद्यार्थीका समस्या नहेर्ने भन्दै तर्कियो, यहाँ कोही विद्यार्थी मरेपछि पैसा उठाएर नेपाल पठाउन रोइ कराइ गर्नुपर्छ ।’

एकातिर नेपालको शिक्षा क्षेत्र र राजनीतिक विचलनले नेपालमा केही गर्न नसक्नु र अर्कातिर अस्ट्रेलियामा पनि नेपालीको विचल्ली भइरहेका बेला युवापुस्ता भने नेपाल सरकारप्रति रुष्ट बनेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : २३ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई