बजेट २०७६/०७७ : अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रद « Khabarhub

बजेट २०७६/०७७ : अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रद


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ ।  संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो ।

संघ, प्रदेश र स्थानीय तहका स्रोत साधनको परिचालन गर्दै समृद्धिको आधारशीला भएको जनाएका छन् ।  अर्थमन्त्री बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रदक रहेको बताएका छन् । उत्पादनका सवै क्षेत्र उत्साहप्रद रहेकाले यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको बताए छन् ।

आगामी वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । उनले मुद्रा स्फिति ४.५ प्रतिशत रहेने बताएका छ । उनले विदेशी पर्यटकको आगमन उच्च रहेको र आगामी वर्षमा पनि यो दर बढ्ने बताएका छन् ।

उनले उद्योगको स्थापना वृद्धिदर भएको बताउँदै भूकम्पपछिको पूनर्निमार्णले गति लिएको बताएका छन् । ३९ प्रतिशतले घटेको वैदेशिक रोजगारीबाट पनि विप्रेशण २० प्रतिशत बढेको बताएका छन् ।

उनले अधिकांश स्थानीय तहमा बैंक शाखाहरु खुलिसकेका छन् । पुँजी बजारका सुधार भएको सर सकारात्मक देखिन थालेको छ । व्यापार घाटा घटाउनेतर्फ सरकार परिलक्षित हुने बताएका छन् ।

बजेटका उद्देश्य
नागरिकका मौलिक हक पूरा गर्दै जीवनस्तर सुधार गर्ने
सामाजिक न्यायसहितको दू्रत आर्थिक विकास गर्ने
समुन्नत र समृद्ध मुलुकको आधारशीला तय गर्ने
पिछडिएका वर्गको उत्थान गर्दै लोककल्याणकारी राज्यको विकास गर्ने
विधिको शासन, नागरिकलाई अनुभूति हुने शुशासन

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ३३ बजे

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र