बजेट २०७६/०७७ : अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रद | Khabarhub Khabarhub

बजेट २०७६/०७७ : अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रद


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ ।  संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो ।

संघ, प्रदेश र स्थानीय तहका स्रोत साधनको परिचालन गर्दै समृद्धिको आधारशीला भएको जनाएका छन् ।  अर्थमन्त्री बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रदक रहेको बताएका छन् । उत्पादनका सवै क्षेत्र उत्साहप्रद रहेकाले यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको बताए छन् ।

आगामी वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । उनले मुद्रा स्फिति ४.५ प्रतिशत रहेने बताएका छ । उनले विदेशी पर्यटकको आगमन उच्च रहेको र आगामी वर्षमा पनि यो दर बढ्ने बताएका छन् ।

उनले उद्योगको स्थापना वृद्धिदर भएको बताउँदै भूकम्पपछिको पूनर्निमार्णले गति लिएको बताएका छन् । ३९ प्रतिशतले घटेको वैदेशिक रोजगारीबाट पनि विप्रेशण २० प्रतिशत बढेको बताएका छन् ।

उनले अधिकांश स्थानीय तहमा बैंक शाखाहरु खुलिसकेका छन् । पुँजी बजारका सुधार भएको सर सकारात्मक देखिन थालेको छ । व्यापार घाटा घटाउनेतर्फ सरकार परिलक्षित हुने बताएका छन् ।

बजेटका उद्देश्य
नागरिकका मौलिक हक पूरा गर्दै जीवनस्तर सुधार गर्ने
सामाजिक न्यायसहितको दू्रत आर्थिक विकास गर्ने
समुन्नत र समृद्ध मुलुकको आधारशीला तय गर्ने
पिछडिएका वर्गको उत्थान गर्दै लोककल्याणकारी राज्यको विकास गर्ने
विधिको शासन, नागरिकलाई अनुभूति हुने शुशासन

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ३३ बजे

सोती घटना : न्यायाधीश बर्खास्तीको माग, काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– रुकुमको सोती घटनामा दलित युवक नवराज बिक लगायतको हत्या

गण्डकी प्रदेशमा बजेटको तयारी

गण्डकी– गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष

रेशम पक्राउ परेपछि प्रज्ञामा कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी

बालुवाटार बैठक- युवालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव

काठमाडौं– सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण