पिएम कपः दीपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत | Khabarhub Khabarhub

पिएम कपः दीपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपाल पुलिस क्लबले प्रदेश–१ लाई ७५ रनले पराजित गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश-१ लाई पराजित गरेको पुलिस सेमिफाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश-१, ३८ ओभर ३ बलमा सबै विकेट गुमाएर ११० रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश-१ का लागि सन्नी पुनले २७, मनिस थापाले १९ र दिपेश कँडेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन् ।

प्रदेश-१ विरुद्ध राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । उनले १० ओभर पूरा बलिङ गर्दै ४ मेडन ओभरसहित २६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै, ललितनारायण राजवंशीले ३ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै १०६ रन बनाए । उनले ११८ बलमा १५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

पुलिसविरुद्ध कमल खत्री, पुष्प थापा, दीपेश कँडेल र सिद्धान्त लोहनीले समान २-२ विकेट लिए । जीतसँगै पुलिसले २ खेलबाट ४ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५५ बजे

विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँ : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज

एनपीएलमा सट्टेबाजी : प्रहरीको विभेदकारी नीति !

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग

टुकारामको लोभलाग्दो कागती खेती, वार्षिक १० लाख आम्दानी

गण्डकी– भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

काठमाडौं – विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको

श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु

कोलम्बो– श्रीलंकामा यो वर्ष अहिलेसम्म करिब ५० जंगली हात्तीको अनाधिकृत