काठमाडौंको बानेश्वरमा अण्डर पास, कोटेश्वरमा शुरुङ र माइतीघरमा फ्लाइओभर बनाइने « Khabarhub

काठमाडौंको बानेश्वरमा अण्डर पास, कोटेश्वरमा शुरुङ र माइतीघरमा फ्लाइओभर बनाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौंको सवारी जाम हटाउन सुरुङमार्ग र अण्डरपास बनाउनका लागि आगामी आर्थिक वर्षभित्रै काम शुरु गर्ने घोषणा गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन सुरुङ मार्ग र अण्डर पास बनाइने बताए ।

अर्थमन्त्री खतिवडाले सूर्यविनायक–धुलीखेल (काभ्रे) सडकको स्तरोन्नति गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग र नयाँ बानेश्वरमा अण्डर पास तथा त्रिपुरेश्वरदेखि माइतघरसम्मको फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गरिने बताए ।

अर्थमन्त्री खतिवडाले नागढुङ्गा–नौबिसे सुरुङमार्ग तथा सडकमार्ग निर्माणको काम पनि शुरु गरिने बताए ।

अर्थमन्त्री खतिवडाले काठमाडौंको चक्रपथ विस्तार कार्य सम्पन्न गर्न १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ३३ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको