काठमाडौंको बानेश्वरमा अण्डर पास, कोटेश्वरमा शुरुङ र माइतीघरमा फ्लाइओभर बनाइने « Khabarhub

काठमाडौंको बानेश्वरमा अण्डर पास, कोटेश्वरमा शुरुङ र माइतीघरमा फ्लाइओभर बनाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौंको सवारी जाम हटाउन सुरुङमार्ग र अण्डरपास बनाउनका लागि आगामी आर्थिक वर्षभित्रै काम शुरु गर्ने घोषणा गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन सुरुङ मार्ग र अण्डर पास बनाइने बताए ।

अर्थमन्त्री खतिवडाले सूर्यविनायक–धुलीखेल (काभ्रे) सडकको स्तरोन्नति गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग र नयाँ बानेश्वरमा अण्डर पास तथा त्रिपुरेश्वरदेखि माइतघरसम्मको फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गरिने बताए ।

अर्थमन्त्री खतिवडाले नागढुङ्गा–नौबिसे सुरुङमार्ग तथा सडकमार्ग निर्माणको काम पनि शुरु गरिने बताए ।

अर्थमन्त्री खतिवडाले काठमाडौंको चक्रपथ विस्तार कार्य सम्पन्न गर्न १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ३३ बजे

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी