बजेटको प्राथमिकतामा परेन चलचित्र क्षेत्र, ‘छायांकनका लागि नेपाल’ शुरु गर्ने « Khabarhub

बजेटको प्राथमिकतामा परेन चलचित्र क्षेत्र, ‘छायांकनका लागि नेपाल’ शुरु गर्ने


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखे पनि ‘छायांकनका लागि नेपाल’ नामक कार्यक्रमको शुरुवात गर्ने जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वर्ष २०७६/७७ को बजेट विनियोजनका क्रममा आगामी वर्षलाई ‘छायांकनका लागि नेपाल’ का रुपमा शुरुवात गर्ने बताए ।

यस्तै बजेटमा काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण प्रारम्भ गरिने जनाइएको छ । सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने पनि जनाएको छ ।

लामो समयदेखि बहसको विषय बनेको बक्स अफिसका लागि भने कुनै बजेट छुट्याएको छैन । गतवर्ष बक्स अफिसमका लागि सरकारले बजेट छुट्याए पनि हालसम्म पनि बक्स अफिस पूर्ण रुपमा लागू हुन सकेको छैन ।

यस्तै सरकारले कलाकार तथा साहित्यकारको वृत्ति विकासमा ध्यान दिने पनि बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ६ : ४० बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन