यस्तो छ आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठसहित) « Khabarhub

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठसहित)


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु (प्रशासनिक खर्च) तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलब ४ प्रतिशत छुट्याएको छ । यस्तै, पूँजीगत (विकास खर्च) तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६ दशमलब ६ प्रतिशत बजेट छुट्याएको छ । सरकारले वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बजेट छुट्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनुमान गरिउको खर्च व्यहोर्न राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । यस्तै, बैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाउने सरकारी लक्ष्य छ ।

कूल विनियोजनमा अपुग हुने ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँमध्ये २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ वैदेशिक ऋणबाट र १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा २ खर्ब १७ अर्ब ८० करोडले बढी छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

हेनुहोस् बजेटको पूर्णपाठ,

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ९ : २५ बजे

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू