यस्तो छ आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठसहित) « Khabarhub

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठसहित)


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु (प्रशासनिक खर्च) तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलब ४ प्रतिशत छुट्याएको छ । यस्तै, पूँजीगत (विकास खर्च) तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६ दशमलब ६ प्रतिशत बजेट छुट्याएको छ । सरकारले वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बजेट छुट्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनुमान गरिउको खर्च व्यहोर्न राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । यस्तै, बैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाउने सरकारी लक्ष्य छ ।

कूल विनियोजनमा अपुग हुने ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँमध्ये २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ वैदेशिक ऋणबाट र १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा २ खर्ब १७ अर्ब ८० करोडले बढी छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

हेनुहोस् बजेटको पूर्णपाठ,

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ९ : २५ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार