सवारीसाधन आयातमा अन्त शुल्क वृद्धि « Khabarhub

सवारीसाधन आयातमा अन्त शुल्क वृद्धि


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ मा चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनको आयातमा अन्त शुल्क वृद्धि गरेको छ । संघीय संसदमा बुधबार बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एक हजार सिसीभन्दा माथिका चार पांग्रे सवारी साधन तथा एक सय पचाँस सिसीभन्दा माथि क्षमता भएका मोटरसाइकलमा अन्त शुल्क वृद्धि गरेको जानकारी दिए ।

सवारीसाधन आयातमा भन्सार शुल्कमा भने वृद्धि गरिएको छैन । यसबाट उपभोक्ता तथा व्यवसायीहरुलाई राहत मिलेको छ । यस्तै अर्थमन्त्री खतिवडाले सामुदायिक विद्यालयले प्रयोग गर्न पैठारी गर्ने ३० सिट वा त्योभन्दा बढी सिट क्षमता भएको प्रति विद्यालय एक थान बसमा बुझाउनु पर्ने कर महसुलमध्ये ७५ प्रतिशत भन्सार महसुल र अन्त शुल्क मूल्य अभिवृद्धि करमा पूरै छुट दिने व्यवस्था गरेको बताए । बजेटमा यातायात क्षेत्रमा नविकरणीय उर्जाको प्रयोग गरी शहरी क्षेत्रको वायु प्रदुषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने उल्लेख छ ।

काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने भएको छ । विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन नेपाल विद्युत प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ्ग स्टेशनहरू स्थापना गर्दै लगिने पनि बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिशमा गाउँपालिका‚ नगरपालिका तथा उप-महानगरपालिका र महानगरपालिकाले आयात गर्ने दुई‚ तीन र चार थान एम्बुलेन्समा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरी बाँकी भन्सार महसुल छुट हुने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ८ : ३७ बजे

भारतमा फेरि इन्धन मूल्य वृद्धि, १० दिनमै चौथो पटक महँगी

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब बढिरहेका

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं– देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण