प्रवासको पीडा समेटिएको कविता संग्रह लोकार्पण « Khabarhub

प्रवासको पीडा समेटिएको कविता संग्रह लोकार्पण


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गैरआवासीय नेपाली तथा डयास्पोरा साहित्यकारहरुका सिर्जना समेटेर लेखिएको कविता संग्रह लोकार्पण भएको छ । कवि किशनसिंह धामी सम्वद्ध तारा–किशन फाउण्डेसनले कविता संग्रह प्रकाशन गरेको हो।

यो प्रकाशनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेतीले लोकार्पण गरे ।

लोकार्पण गर्दै कुलपति उप्रेतीले कवि धामीको प्रसंसा गरे । प्रवासको दुख, पीडा र भोगाईलाई सिर्जनामा उतार्न अहोरात्र खटिने धामी कहिल्यै नथाक्ने साहित्य अभियान्ता भएको चर्चा गर्दै कुलपति उप्रेतीले विभिन्न व्यवस्तताका वापजुत पनि साहित्य सिर्जना गर्नु चूनौतीपूर्ण काम भएको बताए ।

सोही अवसरमा कवि धामीको एकल प्रयासमा संकलन गरिएको एकलाख पाँचहजार रुपियाँ आर्थिक सहयोग दार्चुलाको वादी समूदायलाई प्रदान गरिएको छ ।

‘गाँस, वास, कपासको अभावबाट कोही कसैले अकालमै ज्यान गुमाउनु नपरोस’ भन्ने लक्ष्यका साथ यो अभियान चलाएको कवि धामीले बताए । बाल्यकालमा आफूले भोगेको दुख र पीडा अरु बालबालिकाले नभोगुन भनेर आर्थिक सहयोग गरेको हुनले बताए ।

सो सहयोग रकम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सभापति शंकरसिंह धामीलाई प्रदान गरेका थिए ।

बैतडी र दार्चुलाको सीमाना गोकुलेश्वरमा रहेको २४ घरपरिवार वादी मसुदायलाई रकम प्रदान गरिएको छ । न्यूयोर्क कवि र कविता संग्रहको समीक्षा गर्दै डा. शान्ति गिरीले कवि किशनसिंह र साहितियक पत्रकार ब्याकुल पाठकको कार्यको प्रशंसा गरे ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : १८ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले