बाख्राविज्ञको सम्मेलन चितवनमा « Khabarhub

बाख्राविज्ञको सम्मेलन चितवनमा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यो सम्मेलनको आयोजना गर्न लागेको हो ।

विश्वविद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको मुख्य आयोजनामा ‘इन्टरनेशनल गोट एशोसिएशन अमेरिका’सँगको सहकार्य तथा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थानको सह–आयोजनामा सम्मेलन गर्न लागिएको हो ।

सो अवसरमा सम्मेलन तयारी समितिका अध्यक्ष एवम विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन प्राडा शारदा थपलियाले सम्मेलनले बाख्रापालनको क्षेत्रमा यसको उत्पादन, उत्पादकत्व एवम गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवम सरकारी र गैरसरकारी सङ्घ संस्थाको बीचमा बृहत् सञ्जाल तयार गर्न सहयोग पुग्ने बताइन ।

सम्मेलनमा हालसम्म नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, चीन, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, जापान, हङ्गेरी, इन्डोनेसिया, फ्रान्स र केन्याका बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थी सहभागी हुने थपलियाले जानकारी दिइन । बाख्रा अनुसन्धान र विकास केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा अमेरिकाबाट इन्टर्नेशनल गोट एशोसिएशनका अध्यक्ष डा बेथ मिलर, हङ्गेरीमा आयोजना गरिने अन्तर्राष्ट्रिय बाख्राविज्ञ सम्मेलन, २०२० आयोजक समितिका अध्यक्ष डा सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु विज्ञान तथा प्रविधि कलेजका डिन प्राडा यिङ्गजी झाङ, जापानस्थित मिजो विश्वविद्यालयका प्राडा योशिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीको सहभागिता रहनेछ सो अवसरमा जानकारी दिइयो ।

तयारी समितिका सदस्य सचिव प्राडा निराजन भट्टराईले सम्मेलनमा खाद्य तथा पोषणको स्रोत, बाख्रा उत्पादनका नीति, सामाजिक, आर्थिक तथा मूल्य शृङ्खला विकास, बाख्राको आहारा, पोषण तथा वासस्थान व्यवस्थापन आनुवांशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी विधालाई समेटेर करीब सात विशेषज्ञ कार्यपत्रलगायत ११५ भन्दा बढी कार्यपत्र प्रस्तूत हुने उनले बताए ।

सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीको रुपमा रहेको पिपिआर रोग र त्यसको नियन्त्रणलगायत समसामयिक विषयमा विभिन्न देशका विज्ञबीच छलफल गरिनेछ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : २१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन