वृक्षारोपणमा भन्दा संरक्षण र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्छ : प्रम ओली « Khabarhub

वृक्षारोपणमा भन्दा संरक्षण र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्छ : प्रम ओली


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताए । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षारोपण शुभारम्भ’ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’

उनले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोपेका थिए । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउने भएको छ । उनले वृक्षारोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताए ।

‘यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो’, उनले भने, ‘हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताए । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन गर्नका लागि बिरुवा रोपिएको बताए । उनका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताए ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीगणले समेत बिरुवा रोपेका थिए । कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  २ : ०४ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया