शनीको सबैभन्दा ठूलो चन्द्रमामा अन्तरिक्षयान यान पठाउँदै नासा « Khabarhub

शनीको सबैभन्दा ठूलो चन्द्रमामा अन्तरिक्षयान यान पठाउँदै नासा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाले शनी ग्रहको सबैभन्दा ठूलो चन्द्रमा टाइटनमा अन्तरिक्षयान अवतरण गर्ने योजना सार्वजनिक गरेको छ ।

नासाले योजना सार्वजनिक गर्दै टाइटनमा रोबोटिक प्रविधिबाट स्वचालित अन्तरिक्षयान अवतरण गर्ने घोषणा गरेको हो । टाइनटमा अवतरण गर्नका लागि ड्रागनफ्लाई नामक यानलाई सन् २०२६ मा त्यसतर्फ प्रक्षेपण गरिने नासाले जनाएको छ ।

उक्त यान १० वर्षपछि अर्थात् सन् २०३६ भित्र टाइटनको सतहमा अवतरण गर्ने अपेक्षा छ । ड्रागनफ्लाईले करिब ३ वर्षसम्म टाइटनमै अनुसन्धानमा बिताउने जनाइएको छ ।

ड्रागनफ्लाईले त्यहाँको सतहमा रहेको माटोको अवशेषको अध्ययन गरी त्यहाँ जीवावशेष रहे÷नरहेको बारे अनुसन्धान गर्ने नासाले जनाएको छ ।

टाइटन सौर्यमण्डलमा पृथ्वीजस्तै वातावरण भएको उपग्रह भएको मानिन्छ । यसअघि शनीबारे अध्ययन गर्न त्यसतर्फ पठाइएको क्यासीनी अभियानले टाइटनमा पृथ्वीको जस्तै वातावरण रहेकाले त्यहाँ जीवावशेष रहेको हुनसक्ने देखाएको थियो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : १५ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि