ट्रम्प दक्षिण कोरियामा, किमसँग भेटवार्ता हुने सम्भावना « Khabarhub

ट्रम्प दक्षिण कोरियामा, किमसँग भेटवार्ता हुने सम्भावना


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिओल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा निस्केका छन् । जापानको ओसाका शहरमा भएको जी २० को सम्मेलन सकेर राष्ट्रपति ट्रम्प शनिबार दक्षिण कोरिया पुगेका हुन् ।

दक्षिण कोरिया जानुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई दुई कोरियाबीचको सीमाक्षेत्रमा भेटको प्रस्ताव गरेका थिए ।

उत्तर कोरियाली उप विदेशमन्त्री चोई सोन हुईले दुई नेताबीच कोरियाली सीमाक्षेत्रमा हुनसक्ने भेटवार्ता अर्थपूर्ण हुने टिप्पणी गरेपनि उत्तर कोरियाले भेटवार्ताको प्रस्तावबारे केही टिप्पणी गरिसकेको छैन ।

यद्यपि कोरियाली श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुई नेताबीच आइतबार कोरियाली सीमाक्षेत्रमा भेटवार्ता हुनसक्ने सम्भावना रहेको जनाएका छन् । यसअघि जी२० सम्मेनलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला राख्ने चाहना व्यक्त गरिसकेका छन् । भेटवार्ता भएमा दुई नेताबीच भएको यो तेश्रो भेटवार्ता हुनेछ । यसअघि सिङ्गापुर र भियतनाममा दुई नेताले शिखर वार्ता गरिसकेका छन् ।

भियतामको हनोईमा गत फेब्रुअरी महिनामा भएको शिखर वार्ता बिना निष्कर्ष सकिएपछि कोरियाली प्रायद्विपमा आणविक निशस्त्रीकरण तथा शान्ति प्रक्रिया अन्यौलमा रहँदै आएको छ । दुई नेताबीच भेटवार्ता भएमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध केही हदसम्म सुदृढ हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ०२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या