चमत्कारी शिवलिङ्ग जहाँ १२ वर्षमा पर्छ चट्याङ, यस्तो छ अनौठो दैवीशक्ति « Khabarhub

चमत्कारी शिवलिङ्ग जहाँ १२ वर्षमा पर्छ चट्याङ, यस्तो छ अनौठो दैवीशक्ति


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विश्वमा केही चकित पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्छ ।

भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ । उक्त मन्दिरभित्र शिवलिङ्ग छ । जुन शिव लिंगमा हरेक १२ वर्षमा एक पटक चट्यांङ पर्छ । चट्यांङ किन पर्छ त्यसको आधिकारिक तथ्य अझै पत्ता लगाउन सकिएको छैन ।

हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ । यस अर्थमा उक्त शिवलिङ्ग निकै विशेष र चामत्कारिक मानिन्छ ।

पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा भगवान इन्द्रले भोलेनाथ अर्थात् शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्दछन् भन्ने मान्यता छ ।

चट्याङ पर्दा मन्दिरमा अरु क्षति हुँदैन, तर शिवलिङ्ग चाहिँ टुक्रिन्छ । त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ०७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल