अपहरणमा परें भन्दै किशोरीले गरिन् आपात्कालीन नम्बरमा फोन, १९ घन्टापछि पुग्यो प्रहरी « Khabarhub

अपहरणमा परें भन्दै किशोरीले गरिन् आपात्कालीन नम्बरमा फोन, १९ घन्टापछि पुग्यो प्रहरी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रोमानियाका आन्तरिक मामिलामन्त्रीले एकजना किशोरीको हत्याको घटनालाई लिएर प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्।

ती किशोरीले प्रहरीको आपत्‌कालीन टेलिफोन नम्बरमा फोन गरे पनि घण्टौँसम्म त्यसप्रति कारबाही अगाडि नबढाइको विवरणमा जनाइएको छ।

पन्ध्र वर्षीया किशोरी बुधवार अपहरणमा परेकी थिइन्, तर अपहरित अवस्थामै उनले तीन पटक फोन गर्न भ्याइन् र आफूलाई राखिएको ठाउँबारे प्रहरी अधिकारीहरूलाई जानकारी गराइन्।

किशोरीको परिवारले अधिकारीहरूले उनको फोनलाई गम्भीर रूपमा नलिएको आरोप लगाएको छ। तर प्रहरीका अनुसार अपहरणपछि किशोरीलाई राखिएको स्थान पत्ता लगाउन कठिनाइ भएको थियो। अपहरणकै अवस्थामा किशोरीले ज्यान गुमाएको ठानिएको छ।

प्रहरीले मानव शरीरको अवशेष र किशोरीले लगाएको गहना फेला पारेको छ भने सोधपुछका लागि एक ६५ वर्षीष पुरुषलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार एलेक्जेन्ड्रा नाम गरेकी ती किशोरी दक्षिणी शहर कराकालमा गाडीमा ‘लिफ्ट’ माग्न खोज्दा अपहरणमा परेकी थिइन्।

समाचार संस्था एएफपीका अनुसार बिहीवार बिहान उनले आपत्‌कालीन टेलिफोन नम्बर ११२ मा तीन पटक फोन गरिन् र एकजना कारचालकबाट अपहरणमा परेको बताइन्।

बरखासीमा परेका प्रहरी प्रमुख लोआन बुडाका अनुसार फोन काटिनुअघि एलेक्जेन्ड्राले “ऊ आउँदैछ, ऊ आउँदैछ” भन्दै चिच्याएकी थिइन्।

एलेक्जेन्ड्राले फोन गरेको स्थान पत्ता लगाउन निकै सङ्घर्ष गरिएको अधिकारीहरूको भनाइ छ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एपीले जनाए अनुसार अधिकारीहरूले शुक्रवार बिहान तीन बजे किशोरीलाई राखिएको ठानिएको घर पत्ता लगाए।

यद्यपि खानतलाशीका लागि अनुमति लिने प्रक्रियामा प्रहरी गए अनि घरमा छिर्नका निम्ति बिहानसम्म कुरे। किशोरीले अन्तिम पटक फोन गरेको १९ घण्टासम्म पनि प्रहरीले घरमा खानतलाशी गरेनन्।

आन्तरिक मामिलामन्त्री निकोलाइ मोगाले आमूल कदम चाल्नुपर्ने भएकोले प्रहरी प्रमुखलाई बर्खास्त गरिएको बताएका छन्।

बीबीसीबाट

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ०७ बजे

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज