नेपाली युवतीले लगाए २ अर्ब ४७ करोडको मेहन्दी, पोतेमात्र ५ करोडको आयात | Khabarhub Khabarhub

नेपाली युवतीले लगाए २ अर्ब ४७ करोडको मेहन्दी, पोतेमात्र ५ करोडको आयात



काठमाडौं– साउन हरियो चुरा, पोते र मेहन्दीको महिना हो । पछिल्लो समय समाजमा यो प्रचलन सँस्कृतिका रुपमा विकास भइरहेको छ । यो सँस्कृतिले युवतीमा नभएर महिलालाई पनि छोएको छ ।

महिलाहरुले साउन महिनाभरी हातमा मेहन्दी भर्ने गर्छन् । विगतमा धेरै जसो विवाहितहरुले मात्र मेहन्दी लगाउने गर्थे भने केही वर्षयता युवतीहरु माझ पनि मेहेन्दीको मोह बढ्दै गएको छ ।

साउन लागेपछि उनीहरु ब्युटीपार्लर तथा मेहन्दी आर्ट समक्ष पुगेर हात तथा खुट्टामा मेहन्दी लगाउने गर्छन् । विवाहितहरुका लागि साउनको महिना विशेष हुने गरेको छ ।

वर्षा र झरीको संगमका रुपमा साउन महिनालाई लिइन्छ । धार्मिक हिसावले पनि हिन्दू नारीहरुको लागि महत्वको महिना हो साउन । साउन लागेपछि हरिया चुराको पहिरन र मेहन्दी मात्र होइन । विवाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै र अविवाहितहरुले राम्रो वरको कामना गर्दै सोमवार व्रत बस्ने गरेका छन् ।

महिनाभरी माछा, मासु, अण्डा, लसुन अदुवा नखाइ साउनको सोमवार व्रत बस्ने गर्छन् । साउन महिना भगवान शिवको महिना भएको शास्त्रीय मान्यता रहेको छ जसका कारण भगवान शीवलाई प्रशन्न बनाउनका लागि महिला शिवमन्दीरमा पूजा आराधनाका लागि पुग्ने गरेका छन् । भगवान शिव प्रकृति प्रेमी भएको र हरियो रंगले प्रकृतिको प्रतिनिधित्व गर्ने भएका कारण साउनमा हरियो चुरा पोते र कपडा लगाउने चलन चलेको विश्वसा गरिन्छ ।

मेहन्दी, पोते र चुराको आयतसँग महिलाहरुको आकर्षण

साउनमा हरियो साह्री, चुरा,पोतोको खपत धेरै हुने भएपछि यसको माग अत्याधिक हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने गत वर्ष २ अर्ब ४७ करोड ६४ लाख रुपैयाको मेहन्दी आयत भएको छ । पछिल्ला समय नेपाली बजारमा मेहन्दीको माग बढ्दै गएको र आयत पनि बढिरहेको भन्सार विभागले जनाएको छ ।

नेपालमा प्रयोग गरिने अधिकांश कस्मेटिकका सामान भारतबाट आयात हुन्छ । यस्ता सामान ९५ प्रतिशत भारतबाटै आयत हुने विभागका सूचना अधिकारी शिशिर घिमिरेले खबरहबलाइ जानकारी दिए । ‘आयत हुनेमा भारत, चीन, जर्मन लगायतका मुलुकहरु पर्छन्’ उनले भने ।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्क हेर्दा ५ करोड ४५ लाख रुपैयाको टिका, टिकुली, ब्याङ्गल र पोते आयत भएको पाइएको छ ।

महिलाहरुको आकर्षणको विषय बनेकाले बजारमा साउन लाग्नु अगावै हरिया पहिरन तथा चुरा पोते सजाएर राख्ने गरेको पाइन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा पोते मेहन्दी र हरिया लुगाको व्यापार पनि उत्तिकै भइरहेको व्यापारीहरु बताउँछन् ।

भक्तपुरकी कल्पना सुवाल आइतवार इन्द्रचोकमा पोते खरिद गर्नका लागि आइपुगिन् । उनी पसलमा भएका पोतेहरुमध्ये आफुलाइ कुन सुहाउँला भन्दै हेर्दै थिइन् । छेउमै रहेका साथीलाइ भन्दै थिइन्, ‘कुन सुहाउँछ होला’ ।

उनका साथमा अन्य साथीहरु पनि देखिन्थे । उनीहरु कोही पोतेको बिचमा बसेर फोटो सेशन गरिरहेका थिए भने कोही अर्डर गर्दै पनि थिए । ‘काम विशेषले न्यूरोड आएको थिएँ, इन्द्रचोकमा राम्रो पोते पाइन्छ रे भन्ने सुनेर यतै आएकी म पनि’ मुसुक्क हाँस्दै कल्पना उनले भनिन् ।
इन्द्रचोकमा रहेका अधिकांश होलसेल पसलहरु महिलाले भरिएका थिए । साच्चि कै साउन महिना महिलाका लागि विशेष नै देखिन्थ्यो, त्यो माहोलले पनि ।

३२ वर्षीय साहिलले २ दशकदेखि इन्द्रचोकमा पोतेको व्यापार गरिरहेका छन् । विषेशगरी असार, साउन र भदौमा बढि पोते विक्री हुने अनुभव साहिलले खबरहबसँग साटे ।

‘प्राय सधै मानिसको आवतजावत यस्तै हुन्छ’ उनले भने ‘व्यापार हुने सिजन चाहिँ यही हो’ । आइतवार भने उनले खासै व्यापार नभएको बताए । भन्छन्, ‘हामी व्यापारीका लागि साउनको पहिलो हप्तासम्म भ्याइनभ्याइ हुन्छ, मैले पनि निकै व्यापार गरेँ’ ।

उनका पसलमा भिन्नभिन्न प्रकारका पोते देखिन्थे । हेर्न आउने मानिसहरुसँग हसिलो चेहेराका साथ मिठो बोल्थे पनि उनी ।

त्यस्तै न्यूरोड तथा महाबौद्ध, खिचापोखरीका कस्मेटिक पसलहरु पनि महिलाले भरिएका थिए । कस्मेटिकका व्यापारीहरुलाइ चुरा लगाउन भ्याइनभ्याइ देखिन्थ्यो । उनीहरु खाजा र खानाको प्रवाह नगरी काममा केन्द्रित थिए ।

खिचापोखरीस्थित एक कस्मेटिकमा काम गरिरहेकी युवती भन्छिन्, ‘साउन र भदौमा यस्तै व्यस्त हुइन्छ’ । उनका अनुसार साउने सोमवार सकिनसाथ भदौ लाग्ने र तीजका लागि पसलमा ग्राहकहरु उत्तिकै आउने गरेका छन् । ‘वर्षभरि त पसलमा बस्ने मात्र हो’ खबरहबसँगको कुराकानी उनले भने ‘यहि २ महिना हो व्यापार हुने समय’ ।

त्यसो त ठूला ठूला सपिङ मलमा मात्र होइन । फुटपाथमै व्यापार गरिरहेकाहरु पनि साउनको व्यपारमा सन्तुष्ट देखिन्छन् । मेहन्दी लगाउनेको चाप उस्तै देखिन्छ पनि । साना बालिका देखि बृद्धासमेतका हातमा चुरा र मेहन्दी गलामा पहेँलो र हरियो पोते अनि हरिया पहिरनमा सजिएर नजिकैको शिवालय पुग्ने गर्छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ०५ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक