नेपाली युवतीले लगाए २ अर्ब ४७ करोडको मेहन्दी, पोतेमात्र ५ करोडको आयात « Khabarhub

नेपाली युवतीले लगाए २ अर्ब ४७ करोडको मेहन्दी, पोतेमात्र ५ करोडको आयात



काठमाडौं– साउन हरियो चुरा, पोते र मेहन्दीको महिना हो । पछिल्लो समय समाजमा यो प्रचलन सँस्कृतिका रुपमा विकास भइरहेको छ । यो सँस्कृतिले युवतीमा नभएर महिलालाई पनि छोएको छ ।

महिलाहरुले साउन महिनाभरी हातमा मेहन्दी भर्ने गर्छन् । विगतमा धेरै जसो विवाहितहरुले मात्र मेहन्दी लगाउने गर्थे भने केही वर्षयता युवतीहरु माझ पनि मेहेन्दीको मोह बढ्दै गएको छ ।

साउन लागेपछि उनीहरु ब्युटीपार्लर तथा मेहन्दी आर्ट समक्ष पुगेर हात तथा खुट्टामा मेहन्दी लगाउने गर्छन् । विवाहितहरुका लागि साउनको महिना विशेष हुने गरेको छ ।

वर्षा र झरीको संगमका रुपमा साउन महिनालाई लिइन्छ । धार्मिक हिसावले पनि हिन्दू नारीहरुको लागि महत्वको महिना हो साउन । साउन लागेपछि हरिया चुराको पहिरन र मेहन्दी मात्र होइन । विवाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै र अविवाहितहरुले राम्रो वरको कामना गर्दै सोमवार व्रत बस्ने गरेका छन् ।

महिनाभरी माछा, मासु, अण्डा, लसुन अदुवा नखाइ साउनको सोमवार व्रत बस्ने गर्छन् । साउन महिना भगवान शिवको महिना भएको शास्त्रीय मान्यता रहेको छ जसका कारण भगवान शीवलाई प्रशन्न बनाउनका लागि महिला शिवमन्दीरमा पूजा आराधनाका लागि पुग्ने गरेका छन् । भगवान शिव प्रकृति प्रेमी भएको र हरियो रंगले प्रकृतिको प्रतिनिधित्व गर्ने भएका कारण साउनमा हरियो चुरा पोते र कपडा लगाउने चलन चलेको विश्वसा गरिन्छ ।

मेहन्दी, पोते र चुराको आयतसँग महिलाहरुको आकर्षण

साउनमा हरियो साह्री, चुरा,पोतोको खपत धेरै हुने भएपछि यसको माग अत्याधिक हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने गत वर्ष २ अर्ब ४७ करोड ६४ लाख रुपैयाको मेहन्दी आयत भएको छ । पछिल्ला समय नेपाली बजारमा मेहन्दीको माग बढ्दै गएको र आयत पनि बढिरहेको भन्सार विभागले जनाएको छ ।

नेपालमा प्रयोग गरिने अधिकांश कस्मेटिकका सामान भारतबाट आयात हुन्छ । यस्ता सामान ९५ प्रतिशत भारतबाटै आयत हुने विभागका सूचना अधिकारी शिशिर घिमिरेले खबरहबलाइ जानकारी दिए । ‘आयत हुनेमा भारत, चीन, जर्मन लगायतका मुलुकहरु पर्छन्’ उनले भने ।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्क हेर्दा ५ करोड ४५ लाख रुपैयाको टिका, टिकुली, ब्याङ्गल र पोते आयत भएको पाइएको छ ।

महिलाहरुको आकर्षणको विषय बनेकाले बजारमा साउन लाग्नु अगावै हरिया पहिरन तथा चुरा पोते सजाएर राख्ने गरेको पाइन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा पोते मेहन्दी र हरिया लुगाको व्यापार पनि उत्तिकै भइरहेको व्यापारीहरु बताउँछन् ।

भक्तपुरकी कल्पना सुवाल आइतवार इन्द्रचोकमा पोते खरिद गर्नका लागि आइपुगिन् । उनी पसलमा भएका पोतेहरुमध्ये आफुलाइ कुन सुहाउँला भन्दै हेर्दै थिइन् । छेउमै रहेका साथीलाइ भन्दै थिइन्, ‘कुन सुहाउँछ होला’ ।

उनका साथमा अन्य साथीहरु पनि देखिन्थे । उनीहरु कोही पोतेको बिचमा बसेर फोटो सेशन गरिरहेका थिए भने कोही अर्डर गर्दै पनि थिए । ‘काम विशेषले न्यूरोड आएको थिएँ, इन्द्रचोकमा राम्रो पोते पाइन्छ रे भन्ने सुनेर यतै आएकी म पनि’ मुसुक्क हाँस्दै कल्पना उनले भनिन् ।
इन्द्रचोकमा रहेका अधिकांश होलसेल पसलहरु महिलाले भरिएका थिए । साच्चि कै साउन महिना महिलाका लागि विशेष नै देखिन्थ्यो, त्यो माहोलले पनि ।

३२ वर्षीय साहिलले २ दशकदेखि इन्द्रचोकमा पोतेको व्यापार गरिरहेका छन् । विषेशगरी असार, साउन र भदौमा बढि पोते विक्री हुने अनुभव साहिलले खबरहबसँग साटे ।

‘प्राय सधै मानिसको आवतजावत यस्तै हुन्छ’ उनले भने ‘व्यापार हुने सिजन चाहिँ यही हो’ । आइतवार भने उनले खासै व्यापार नभएको बताए । भन्छन्, ‘हामी व्यापारीका लागि साउनको पहिलो हप्तासम्म भ्याइनभ्याइ हुन्छ, मैले पनि निकै व्यापार गरेँ’ ।

उनका पसलमा भिन्नभिन्न प्रकारका पोते देखिन्थे । हेर्न आउने मानिसहरुसँग हसिलो चेहेराका साथ मिठो बोल्थे पनि उनी ।

त्यस्तै न्यूरोड तथा महाबौद्ध, खिचापोखरीका कस्मेटिक पसलहरु पनि महिलाले भरिएका थिए । कस्मेटिकका व्यापारीहरुलाइ चुरा लगाउन भ्याइनभ्याइ देखिन्थ्यो । उनीहरु खाजा र खानाको प्रवाह नगरी काममा केन्द्रित थिए ।

खिचापोखरीस्थित एक कस्मेटिकमा काम गरिरहेकी युवती भन्छिन्, ‘साउन र भदौमा यस्तै व्यस्त हुइन्छ’ । उनका अनुसार साउने सोमवार सकिनसाथ भदौ लाग्ने र तीजका लागि पसलमा ग्राहकहरु उत्तिकै आउने गरेका छन् । ‘वर्षभरि त पसलमा बस्ने मात्र हो’ खबरहबसँगको कुराकानी उनले भने ‘यहि २ महिना हो व्यापार हुने समय’ ।

त्यसो त ठूला ठूला सपिङ मलमा मात्र होइन । फुटपाथमै व्यापार गरिरहेकाहरु पनि साउनको व्यपारमा सन्तुष्ट देखिन्छन् । मेहन्दी लगाउनेको चाप उस्तै देखिन्छ पनि । साना बालिका देखि बृद्धासमेतका हातमा चुरा र मेहन्दी गलामा पहेँलो र हरियो पोते अनि हरिया पहिरनमा सजिएर नजिकैको शिवालय पुग्ने गर्छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ०५ बजे

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत