निराश नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै « Khabarhub

निराश नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा तेस्रो स्थानमा चित्त बुझाएको नेपाली टोली आज (सोमबार) स्वदेश फर्किदैछ ।

आइतबार बिहान भएको छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग अप्रत्यासित रुपमा पराजित भएको थियो । उक्त खेलमा सिंगापुरले नेपालमाथि ८२ रनको जीत हात पारेको थियो ।

अस्ट्रेलियामा २०२० मा हुने खेलमा टि–२० विश्वकप पुग्ने सपना सहित सिंगापुर पुगेको नेपाली टोलीलाई घरेलु टोलीले स्तब्ध पार्दा नेपाल निराश हुँदै आज स्वदेश फर्किदैछ ।

नेपाली टोली आज राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका छन् ।

विश्वकप छनोटका ४ खेलमा २ खेलको अप्रत्यासित हारले नेपालको ग्लोबल छनोटसम्भावना टुङ्गीएको थियो । नेपाली टोलीको हारमा नेपालले मैदानमा रणनिती बनाउन नसकेको कतिपयको गुनासो छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : १३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी