पढ्न बस्दा यी दिशा फर्कनुहोस्, तेजस्वी बनाउने छ « Khabarhub

पढ्न बस्दा यी दिशा फर्कनुहोस्, तेजस्वी बनाउने छ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कुनै पनि भवन निर्माण गर्दा वास्तुशास्त्रका सिद्धान्तहरूको पालना गर्नु जरूरी हुन्छ । आजकलका भवनहरू सबै सुखसुविधाले भरिपूर्ण हुन्छन् तर वास्तु नमिलाई बनाइएकाले तिनमा बस्ने मान्छेलाई जतिखेर पनि तनाव भइरहेको हुन्छ ।

त्यसैगरी विद्यालय भवन वा घरको अध्ययनकक्षको वास्तु मिलेको छैन भने पढाईमा खासै प्रगति हुन पाउँदैन । विद्यार्थीहरूले अध्ययनप्रति रुची देखाउँदैनन् ।

वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई ज्ञानवर्धक दिशा मानिएको छ । त्यसैले पढ्दाखेरी यी दिशातर्फ फर्केर पढ्नु लाभदायी हुन्छ ।

परिस्थितिवश हाम्रो अध्ययनकक्ष पश्चिम दिशामा छ भने पनि हामी माथि उल्लेख गरिएका दिशातर्फ फर्केर पढौं । विज्ञानका अनुसार इन्फ्रारेड किरणहरू हामीलाई उत्तरपूर्वी कोण अर्थात् ईशान कोणबाटै प्राप्त हुन्छन् ।

यी किरण मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी हुन्छन् । यिनले शरीरका कोषिकाहरूलाई शक्ति प्रदान गर्छन् र एकाग्रता ल्याउन मद्दत गर्छन् ।

एकाग्रताले नै विद्यार्थीलाई अध्ययनमा सफल बनाउने काम गर्छ । त्यसैले पूर्व, उत्तर र ईशान दिशातर्फ फर्केर अध्ययन गर्नु उपयुक्त हुन्छ ।

विद्यार्थीहरूले कोठाको ढोकातर्फ ढाड देखाएर कहिल्यै पनि पढ्नु हुँदैन । कोठाको बीममुनि बसेर कहिल्यै पढ्नु हुँदैन किनकि यसबाट मानसिक तनाव उत्पन्न हुन्छ ।

विद्यार्थीले जहिलेपनि दक्षिण वा पश्चिमतर्फ शिर राखेर सुत्नुपर्छ । दक्षिणतर्फ सुत्दा स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढ्न खुब मन लाग्छ ।

किताबका र्‍याकहरू दक्षिण र पश्चिम दिशामा राख्नुहोस् । अनि पढ्ने कोठामा खुला र्‍याकहरु नराख्नुहोस् । खुल्ला राख्दा नकारात्मक ऊर्जा निस्कन्छ र स्वास्थ्य खराब हुन्छ । किताबहरू दराजमा ढोका बन्द गरेर राखेको राम्रो हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : २१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग